शुभ बिहानी, आज २०८० साल जेठ ३ गते, जेठ कृष्ण त्रयोदशी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न होला।
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र प्राविधिक कामबाट सफलता मिल्ने समय छ।
वृष - तपाईको
आज छोटो दुरीको लाभदायक यात्रा होला। शैक्षिक
क्षेत्रमा सफलता मिल्ने र नजिकको व्यक्तिबाट सहयोग पाइने समय छ। शुभ समाचार सुन्न
पाइनेछ।
मिथुन - तपाईको
आज भाग्यले विभिन्न अवसरहरु जुराउने र श्रमको
उचित मूल्याङ्कन हुने योग छ। स्वास्थ्यमा सुधार आउनेछ। शिक्षामा सफलता पनि मिल्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज भाग्यले साथ दिने र दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ। सफल र रमाइलो
यात्राको योग छ। धर्मकर्ममा पनि मन लाग्नेछ।
सिंह – तपाईको आज यात्रा
गर्दा सचेत हुनुहोला। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय रहेकोछ। नजिकका
व्यक्तिबाट धोका पाइन सक्छ, तर आर्थिक लाभ मिल्न सक्छ।
कन्या - कन्या राशीका तपाइँको आज नयाँ वस्त्र तथा अलंकार प्राप्तिको योग छ।
सामाजिक क्षेत्रमा सफलता मिल्नसक्छ। न्यायिक कार्यमा सफलता मिल्ने र भूमिबाट लाभ
पनि हुनेछ।
तुला - तपाइलाई आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ भने नसोचेको
ठाउँबाट धनागम हुनसक्छ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र सफल यात्रा पनि हुने
योग छ।
वृश्चिक – तपाईको आज धर्मकर्ममा मन लाग्ने र आँटेको, ताकेको कार्य
पुरा हुनुका साथै साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने छ। आकस्मिक धन लाभ हुनसक्छ।
धनु – तपाइले
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने छ।
घरायसी वातावरणमा केही असामान्यता देखिनेछ। यात्रामा पनि सावधानी अपनाउनु होला।
मकर - मकर राशीका तपाईको आज शुभकार्यको
चर्चा चल्ने र साहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग छ। दाम्पत्य जीवन सुखमय होला,
बोलीको प्रभावले अरुको मन जित्न सकिएला।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी प्रतिष्ठित काम
गरेर अवसर हात पार्ने समय रहेकोछ। जोशजाँगर र उमंग बढ्नेछ। धर्मकर्म तथा समाज
सेवामा मन जानेछ भने मनोबल उच्च रहला।
मिन -
तपाईको आज राज्यबाट मान सम्मान पाइने र
कुटुम्बको सहयोग मिल्ने समय छ। विद्या र बुद्धिको विकास होला। आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न होलान।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता