Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ३ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन ३ गते, साउन शुक्ल  द्वितिया तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्यमा खर्च बढ्ने, यात्रामा मालसामान हराउन सक्ने, सानातिना समस्यामा अल्झनुपर्ने र शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने समय छ।

वृष - तपाईले आज ठीक समयमा सही निर्णय लिन सक्नुहुनेछ। राजनैतिक क्षेत्रमा सफलता पाइएला। व्यापार व्यवसायमा सफलता मिल्ने र लाभदायक यात्रा पनि हुनसक्छ।

मिथुन - तपाईको आज धैर्य एवं लगनशीलताले अवसर दिनेछ। नयाँ ज्ञान सिक्ने मौका, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने र प्रेम सम्बन्ध कसिलो होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महत्त्वपूर्ण कामको थालनी होला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ला। शुभ कार्यको चर्चा होला।

सिंह – तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने, साझेदारी काममा उल्झन आउने, बन्न लागेको काम बिग्रिनेछ र सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। साथीभाइले पनि राम्रै सहयोग गर्नेछन। कहीँकतैबाट कुनै उपहार पनि प्राप्त हुनसक्छ।

तुला - तपाइको शुभारम्भको चर्चा हुने, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने, धार्मिक कार्यमा सहभागी भइने समय छ।

वृश्चिक – तपाईको आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। रोकिएका काम पुनः सुरु होला। आर्थिक कारोबारमा सफलता पाइने र लाभदायक यात्रा पनि हुनसक्छ।

धनु – तपाइको आज अनावश्यक रुपमा शत्रु बढ्न सक्नेछन। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित होला, तर विद्यामा लाभ मिल्न सक्छ।

मकर - मकर राशीका तपाइको आज भाग्यले विभिन्न अवसर दिने, धर्मकर्म तथा समाजसेवामा मन जाने, नयाँ काम सुरु हुन र चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज भाग्यले विभिन्न अवसर दिनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। कला, साहित्यमा रुचि बढ्ला। घरमा अतिथिको आगमन होला।

मिन – तपाइको आज नयाँ कार्यको सुरुवात होला। अरुलाई प्रभावित पारेर काम बन्ने तथा न्यायिक कार्यमा सफलता मिल्ने र व्यापारमा मनग्ये धनलाभ हुने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप