Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २१ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २१ गते, कार्तिक कृष्ण दशमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ, अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला।

वृष – तपाइको आज वैदेशिक कार्य सहजै अघि बढ्ला, जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। व्यवसायमा गरिएको लगानीमा मन्दी आउला।

मिथुन - तपाईको आज यात्राबाट सफलता मिल्ने देखिन्छ, धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। जटिल ठानिएको कामसमेत सम्पादन होलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज । शुभकार्यको चर्चा हुनेछ, कुनै कुराले मनमा शान्ति छाउने र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्न सक्छ।

सिंह – तपाईको आज स्वास्थ्य सबल नै रहला, रमाइलो यात्राको सम्भावना रहेको छ। त्यसबाट दीर्घकालिक फाइदा होला। रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन।

कन्या - कन्या राशीका तपाईको आज विवेकले काम नगर्नाले खानपिनमा सचेत रहनु पर्नेछ, आफन्तसँग मनमुटाव बढ्ने र आफूलाई कमजोर भएको अनुभूति होला।

तुला - तपाइको आज सहयोगीको साथले फाइदा हुने काम गरिएला, हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन।

वृश्चिक – तपाईको आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता लिन सक्छ।

धनु – तपाइको आज कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ आफूलाई मन लागेको कुरा खरिद गर्न सकिएला। आफन्तले कुनै माध्यमबाट सहयोग गर्न सक्छन ।

मकर - मकर राशीका तपाइको आज व्यापार व्यवसाय वा अन्य लगानीबाट नाफा कमाउन निकै नै समय खर्चनु पर्ला, दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज इष्टमित्रहरूसँग भेटघाट होला,  शुभकार्यको चर्चा हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्नेछन। धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला।

मिन – तपाइको आज ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्ला, लाभदायी यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा दिनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप