Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार १९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | १९ असार २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असार १९  गते, साउन कृष्ण प्रतिपदा तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने, मिष्ठान्न भोजनको अवसर मिल्ने र सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने समय छ।

वृष - तपाईको आज निर्णय कार्यान्वयन नहुन सक्छ। आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुने तथा मन भावुक र उत्ताउलो बन्ने हुनाले सचेत रहनु आवश्यक देखिन्छ।

मिथुन - तपाईको आज कुनै कुराले मनमा शान्ति छाउला, धर्मकर्ममा मन जाला, गरेका कामबाट राम्रै लाभ होला भने दैनिक कार्य र पढाइमा पनि प्रगति नै होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। ताकेको र आँटेको कार्य पुरा होलान,  शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला।

सिंह – तपाईको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय छ। सामाजिक कार्यमा सफलता मिल्ने र धार्मिक कृत्यमा सहभागी हुने अबसर पाइएला।

कन्या - कन्या राशीका तपाईको आज आयव्यय,लाभहानी, सुखदुःख बराबरी खालको दिन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्ने योग छ।

तुला - तपाइको आज विपरित वर्गबाट विशेष सहयोग पाइएला। बिनाप्रतिस्पर्धा फाइदा हुने र जोशजाँगर तथा हिम्मत बढ्नुका साथै शुभ कार्यको योजना बन्न सक्छ।

वृश्चिक – तपाईको आज सजिलै अरूको मन जित्न सकिएला। आफन्तको प्रगतिमा मन रमाउने र नयाँ कार्य वा रोजगारको योजना बन्ने तथा नयाँ ज्ञान सिक्ने समय पाइएला।

धनु – तपाइको आज प्रेम जीवन सुखद् रहला। एउटै कामबाट दोहोरो लाभ मिल्ने तथा बन्धु बान्धवबाट सहयोग पाइनुका साथै जोशजाँगर र हिम्मत पनि बढ्ने योग छ।

मकर - मकर राशीका तपाइको आज जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने र सौन्दर्यतामा धन खर्च हुने तथा आफन्त सँग भेटघाट हुने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज रोकिएका कामहरू पुनः सुरु हुनेछन। विज्ञान र प्राविधिक कार्य अघि बढ्ने, उत्साह, जाँगर र उमङ्ग बढ्ने, स्वादिष्ट खानेकुरा पाइने समय छ।

मिन – तपाइको आज स्वादिष्ट खानेकुरा खान पाइएला। धन हात पर्ने तर साँझमा मन भावुक र उत्ताउलो बन्नसक्ने हुनाले यात्रा गर्दा सावधानी अपनाउनु होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप