Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल साउन २ गते, साउन शुक्ल प्रतिपदा तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज काम गर्दा अपजस आउन सक्छ भने विवादसमेत सिर्जना होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। वैदेशिक क्षेत्र पनि कमजोर होला।

वृष - तपाईको आज मङ्गल र शुभकार्यको चर्चा होला। नजिकको व्यक्तिबाट कार्य पुरा हुनुका साथै प्रेमीको सहयोग पाइने र विश्वास गरेकाले साथ पनि दिने समय छ।

मिथुन - तपाईको आज जोश जाँगर र हिम्मत बढ्ला धर्मकर्म तथा समाजसेवामा मन जाला। इच्छा र आकाङ्क्षा पूर्ण होलान। शुभकार्यको चर्चा पनि हुनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफ्नो इच्छानुसार समय बिताउने अवसर पाइएला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने र काममा सफलता पनि मिल्न सक्छ।

सिंह – तपाईलाई आज टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्नेछ। सरकारी निकायको भय रहीरहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ।

कन्या - कन्या राशीका तपाईको आज बिनाप्रतिस्पर्धा फाइदा हुने, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइने,  बौद्धिक विकास हुने र धार्मिक यात्राको योग रहेको छ।

तुला - तपाइको आज विशिष्ट कुनै कुराले मनमा शान्ति छाउन सक्छ कूटनीतिक नियोगको सहयोग पाइएला। गरेको कार्यमा सफलता पाइने र दिनको उत्तरार्धमा धन खर्च हुन सक्ने सम्भावना छ।

वृश्चिक – तपाईको आज चलाखीपूर्ण बोलीले काम बन्ला। बन्धु बान्धवबाट सहयोग पाइएला। स्वास्थ्य राम्रो रहने तथा परिवारको खुसीका निम्ति केही खर्च हुनसक्ला।

धनु – तपाइको आजको दिन सामान्य र माध्यम खालको रहला। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै राम्रो होला, साँझमा भने शुभ समाचार सुन्न पाइनेछ।

मकर - मकर राशीका तपाइको आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको, प्रेम र दाम्पत्य जीवन सुखमय हुने, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुने योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज पारिवारिक सुख एवं सहयोग प्राप्त होला। आँटेको, ताकेको र अधुरा कार्य पुरा हुनेछन। रमाइलो यात्राको योग छ।

मिन – तपाइको आज भाग्यले विभिन्न अवसर दिनेछ। मनमा शान्ति छाउला। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा घरमा अतिथिको आगमन हुन सक्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप