Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज पुस २४ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २४ पुस २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल पुस २४ गते, पुस कृष्ण त्रयोदशी तिथी मंगलबार । सन २०२४ जनवारी ९ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज सवारी चलाउँदा सचेत रहनुपर्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय लाग्नसक्छ। घरायसी व्यवहारबाट टाढै बस्नु उचित होला।

वृष  तपाइको आज स्वास्थ्यमा सुधार आउनसक्छ। बन्धु बान्धवबाट सहयोग पाइएला। राजनीतिक कार्यमा सफलता मिल्नका साथै सामाजिक कार्य अघि बढ्नेछ ।

मिथुन - तपाईको आज आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ नहुन सक्छ। आफन्तको प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कृषि क्षेत्रमा बढी प्रगति हनसक्छ। रचनात्मक कार्यबाट अरुको मनजित्न सकिएला। नयाँ कार्य वा रोजगारको योजना बन्नेछ।

सिंह तपाईको आज माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्ने योग छ। अध्ययन क्षेत्र कमजोर रहला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आत्मिक सन्तुष्टि पनि पाइएला। दानपुण्यका कार्यमा सहभागी हुनुहोला।

तुला - तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। प्रेममा सफलता पाइएला।

वृश्चिक  तपाईको आज शुभकार्यमा सरिक हुने योग पनि रहेको छ। आफन्त सँगको सम्बन्धमा मजबुती आउला। सेवामूलक कामको थालनी होला।

धनु  तपाइको आज शुभकार्यको चर्चा हुनेछ। लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ। मेहनतीहरूका लागि दिन फलदायी नै हुनेछ।

मकर - मकर राशीका तपाइको आज दक्षिणा हात पर्न सक्ने सम्भावा रहो छ। परिवारसँग रमाइलो भेटघाट होला। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्य व्यवसायमा बढी सफलता पाइनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन जानेछ।

मिन – तपाइको आज खानपिन र स्वास्थ्य प्रति सावधान रहन आवश्यक रहेको छ। आँटेको कार्यबाट सफलता पाइएला। जोशजाँगर र हिम्मत बढ्नेछ

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप