Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख २६ गते मंगलबारको राशीफल।

  •   ४ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल बैशाख २६ गते, जेठ कृष्ण चतुर्थी तिथी मंगलबार। आज कानुन दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रेमी र प्रेमिकाका बिच खिन्नता आउनेछ। सोचे अनुरूप काम नबन्नाले दिक्क लाग्ला, व्यवसायमा नोक्सानी हुनसक्छ।

वृष - तपाईलाई आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने देखिन्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। रमाइलो यात्राको योग पनि रहेको छ।

मिथुन - तपाईको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। प्रेमीको सहयोग पाइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। पारिवारिक साथ पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुने अवसर मिल्न सक्छ। भौतिक साधन जुटाउने समय रहेको छ। रमाइलो यात्राको योग छ।

सिंह – तपाईको आज मनमा दुबिधा उत्पन्न होला। मानसिक चिन्ता बढ्ने र मालसामान हराउन सक्नेछ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ।

कन्या - कन्या राशीका तपाइँको आज शुभ र मङ्गल कार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने देखिन्छ । चिताएको कामले तीव्रता पाउनेछ।

तुला - आज तपाइको एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने देखिन्छ। भौतिक सुख पनि मिल्ने देखिन्छ।

वृश्चिक – तपाईले आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउन सक्छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने देखिन्छन। स्वादिलो परिकारको योग छ।

धनु – तपाइका आज मित्रहरूले दिएको वचन फेरिनेछ। फजुल खर्चले चिन्ता बढ्नेसक्छ। मनको डरले सताए पनि व्यवहारमा फाइदा होला।

मकर - मकर राशीका तपाईको आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता आउने छ। रोकिएका काम पुनः सुरु हुनेछन। आदर्श व्यक्तिसँग भेटघाट होला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज नयाँ कार्यको थालनी होला। एउटै कामबाट दोहोरो लाभ मिल्ने र प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

मिन - तपाईको आज आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। रोकिएका घरायसी काम सुरुहुने र प्रगतिको वातावरण बन्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप