शुभ बिहानी, आज २०८० साल पुस १७ गते, पुस कृष्ण षष्ठी तिथी मंगलबार । सन २०२४ जनवारी २ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्नेछन, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष
सहयोग मिल्नेछ।
वृष – तपाइको आज शैक्षिक क्षेत्र कमजोर रहला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ
भने स्वास्थ्यमा धन खर्च हुनसक्छ।
मिथुन - तपाईको आज पुनर्मिलनको योग पनि
छ। सामाजिक क्षेत्रमा
हातहरू अघि बढ्लान। आफन्तको सफलता र प्रगतिमा मन रमाउला।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्धु बान्धवबाट सहयोग पाइनेछ। धर्म‚ कर्म, परोपकार,
समाजसेवा जस्ता कार्यमा
मन जानेछ। जोशजाँगर र हिम्मत बढ्नेछ।
सिंह – तपाईको आज स्वास्थ्य प्रति सजग रहनु होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल हुनेछ भने मन
धार्मिक कार्यमा जानसक्छ। नयाँ योजना पनि बन्नेछ।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नेछ। अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्न सक्छ।
शैक्षिक क्षेत्र कमजोर नै रहनेछ।
तुला - तपाइको आज शुभ कार्यको चर्चा होला, सन्तान सुख पनि
मिल्न सक्छ। स्थान परिवर्तनका विशेष
योग रहेको छ। अरुको मन जित्न सकिएला।
वृश्चिक – तपाईको आज आफ्नै दक्षतामा
कार्यहरू सम्पन्न होलान।
मनोरञ्जन पूर्ण दिन रहेको
छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।
धनु – तपाइको आज राजनैतिक कार्यमा
बढी सफलता पाइनेछ। मन प्रसन्न रहने र
स्वादिष्ट भोजन पाइने समय छ। आम्दानी बढाउने योजना गर्न सकिएला।
मकर - मकर राशीका तपाइको आज साँझमा धन खर्च हुनेछ। धन हानी पनि हुनसक्छ। शेयर बजारले पनि साथ नदिने र आहार विहारमा सावधानी
अपनाउनु पर्नछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइएला। धर्म कर्म र सामाजिक कार्यमा मन जानसक्छ। काम
देखाएर अरूको मन लोभ्याउन सकिएला।
मिन – तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। आँटेको र ताकेको कार्य अघि बढ्न सक्छ। पारिवारिक सहयोग र सद्भाव बढेर जानेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता