Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २२ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २२ असोज २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असोज २२ गते, असोज कृष्ण दशमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शेयर बजारको क्षेत्रमा रूचि बढ्नुका साथै आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न र लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान।

वृष – तपाइको आज आज क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो होला, यात्रामा मालसामान हराउन सक्नेछ। ससाना समस्यामा अल्झि रहनुपर्ला।

मिथुन - तपाईको आज लाभदायक यात्रा होला, ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता मिल्ने र व्यापार व्यवसायमा सफलता पनि मिल्ने देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आँटेको काम पुरा नै हुनेछन, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा शुभारम्भको चर्चा चल्ने समय छ।

सिंह – तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ।

कन्या - कन्या राशीका तपाईको आज व्यापारबाट राम्रै धनलाभ भएपनि शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। सामान हराउने वा चोरी हुने र बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्ने सम्भावना छ।

तुला - तपाइलाई आज लक्ष्मी प्रसन्न हुनेछीन, महत्त्वपूर्ण कामको थालनी होला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने सक्छ।

वृश्चिक – तपाईको आज स्वास्थ्यमा लाभ हुनाले भाग्यले विभिन्न अवसरहरु दिनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने र पारिवारिक साथ पनि मिल्न सक्नेछ।

धनु – तपाइको आज भाग्यले विभिन्न अवसर पनि जुराउनाले धर्म, कर्म तथा समाजसेवामा मन जानेछ। नयाँ काम सुरु गर्ने र चलाखीपूर्ण सङ्कल्प सिद्ध हुने समय छ।

मकर - मकर राशीका तपाइको आज आफन्तबाट सहयोग मिलेता पनि मनमा दुबिधा उत्पन्न होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ भने आर्थिक कारोबारमा मन्दी आउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेम सम्बन्ध कसिलो होला, नयाँ ज्ञान सिक्ने मौका पाइएला। धैर्य एवं लगनशीलताले अवसर दिनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला।

मिन – तपाइको आज आर्थिक कारोबारमा सफलता पाइनेछ, रोकिएका काम पुनः सुरु हुनेछन। महिला वा मित्रबाट विशेष सहयोग पाइएला। यात्रा लाभदायक रहला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप