Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १६ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १६ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज १६ गते, असोज कृष्ण चतुर्थी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्यको ख्याल गर्नु होला, ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता मिल्न सक्छ। लाभदायक यात्रा होला।

वृष – तपाइको आज लाभदायक यात्रा होला, महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ। रोकिएका काम पुनः सुरु हुने र आर्थिक कारोबारमा सफलता पाइने समय छ।

मिथुन - तपाई आज नियमित खर्चसमेत बढ्ने, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्ने र सहकर्मीबाट विरोध आउने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा चल्नुका साथै भाग्यले विभिन्न अवसर दिनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुँदा न्यायिक कार्यमा सफलता पाइनेछ।

सिंह – तपाईको आज साझेदारी काममा उल्झन आउनाले बन्न लागेको काम बिग्रिन सक्छ। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने भने सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज व्यापारमा मनग्ये धनलाभ होला, अरुलाई प्रभावित पारेर काम बन्ने र रोकिएको धन हात पर्ने तथा न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

तुला - तपाइलाई आज स्वास्थ्यको ख्याल गर्नु पर्नेछ, शुभारम्भको चर्चा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ।

वृश्चिक – तपाईको आज प्रेम सम्बन्ध कसिलो होला, नयाँ ज्ञान सिक्ने मौका पाइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने र धैर्य एवं लगनशीलताले अवसर दिनेछन।

धनु – तपाइको आज आँटेको काम पनि पुरा हुनेछ, रोकिएको धन प्राप्त होला। घरमा अतिथिको आगमन हुने र महत्त्वपूर्ण कामको थालनी पनि हुनेछ।

मकर - मकर राशीका तपाइको आज मनमा कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। सामाजिक क्षेत्रमा सफलता पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्त व्यक्तिसँगै विवाद पर्ने सक्नेछ, समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नु राम्रो होला।

मिन – तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ, भाग्यले विभिन्न अवसर दिनेछ भने नयाँ काम सुरु गर्ने र चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप