Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ५ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर ५ गते, कार्तिक शुक्ल नवमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज । आत्मिक सन्तुष्टि पनि मिल्नुका साथै मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होला। नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ।

वृष – तपाइको आज छोटो यात्रा होला, नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ला। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला।

मिथुन - तपाईको आज शत्रुपक्ष हावी हुनेछन, क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु नै बेस होला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तको साथ र सहयोग पाइएला, रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा मन जानेछ। सहयोगी हातहरू अघि बढ्लान।

सिंह – तपाईको आज शैक्षिक क्षेत्र राम्रै रहनेछ, अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहेको छ। दैनिक कार्यहरूमा प्रगति होला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमणका साथै भाग्यमा वृद्धि होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ भने वैदेशिक क्षेत्रबाट राम्रो होला।

तुला - तपाइको आज खर्चको मात्रामा पनि वृद्धि हुनेछ। मनमा अशान्ति र गलत आचरणतर्फ मन जान सक्ला। गरेको काममा ढिलासुस्ती होला।

वृश्चिक – तपाईको आज गरेको कार्यबाट सफलता पाइएला। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। कुनै कुराले मनमा शान्ति छाउला।

धनु – तपाइको आज अनावश्यक खर्चबाट बच्न सकिनेछ। नयाँ नयाँ कार्यको अवसर आउला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज नयाँ र शुभ समाचार सुन्न पाइएला। भाग्यमा वृद्धि होला। सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनेछन।

कुम्भ - कुम्भ राशीका तपाइको आज मित्रबाट विशेष सहयोग मिल्ला, प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम होला। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

मिन – तपाइको आज विद्या र बुद्धिमा ह्रास आउन सक्नेछ, ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप