शुभ बिहानी, आज २०८० साल मंसिर ५ गते, कार्तिक शुक्ल नवमी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज । आत्मिक
सन्तुष्टि पनि मिल्नुका साथै मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होला। नयाँनयाँ
उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ।
वृष – तपाइको आज छोटो यात्रा होला, नयाँ ज्ञान सिक्ने मौका
मिल्नुका साथै नयाँ कार्यको योजना बन्ला। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त होला।
मिथुन - तपाईको आज शत्रुपक्ष हावी हुनेछन, क्षणिक आवेग र उन्मादलाई
नियन्त्रण गर्नु नै बेस होला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज आफन्तको साथ
र सहयोग पाइएला, रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा मन जानेछ। सहयोगी हातहरू
अघि बढ्लान।
सिंह – तपाईको आज
शैक्षिक क्षेत्र राम्रै रहनेछ, अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहेको
छ। दैनिक कार्यहरूमा प्रगति होला।
कन्या - कन्या राशीका तपाईको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमणका
साथै भाग्यमा वृद्धि होला। मनमा हर्ष, उमङ्ग
र उत्साह छाउनेछ भने वैदेशिक क्षेत्रबाट राम्रो होला।
तुला - तपाइको आज खर्चको
मात्रामा पनि वृद्धि हुनेछ। मनमा
अशान्ति र गलत आचरणतर्फ मन जान सक्ला। गरेको काममा ढिलासुस्ती होला।
वृश्चिक – तपाईको आज गरेको कार्यबाट सफलता पाइएला। लामो समयदेखि
रोकिएका अधुरा कार्यहरू पुरा होलान। कुनै कुराले मनमा शान्ति छाउला।
धनु – तपाइको आज अनावश्यक खर्चबाट बच्न सकिनेछ। नयाँ नयाँ कार्यको अवसर आउला। धर्म कर्म, परोपकार, समाजसेवा
जस्ता कार्यमा मन जानेछ।
मकर - मकर राशीका तपाइको आज नयाँ
र शुभ समाचार सुन्न पाइएला। भाग्यमा
वृद्धि होला। सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी
प्राप्त हुनेछन।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मित्रबाट विशेष
सहयोग मिल्ला, प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम होला। काम
देखाएर अरूको मन लोभ्याउन सकिएला।
मिन –
तपाइको आज विद्या
र बुद्धिमा ह्रास आउन सक्नेछ, ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता