Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ३ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | ३ मंसिर २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल मंसिर ३ गते, कार्तिक शुक्ल षष्ठी तिथी आइतबार । आज छठ पर्व । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज महिला वर्गबाट सहयोग मिल्ला, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद पाइनेछ भने आँटेको र ताकेको कार्य पुरा होला।

वृष – तपाइको आज साँझमा कार्य सम्पादनमा सहजता हुनेछ, मन खिन्न हुने स्थिति आउन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने भय रहेको छ । लगानीमा गिरावट आउनसक्ने छ।

मिथुन - तपाईको आज छोटो यात्रा होला, रोकिएको अधुरो कार्यले पूर्णता पाउला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र प्रेमीको सहयोग प्राप्त हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइनेछ, श्रमको उचित मूल्याङ्कन होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला भने कला र गलाको प्रभाव बढेर जानेछ।

सिंह – तपाईको आज कलकारखाना र बन्दव्यापारमा राम्रै होला, आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य पुरा हुन सक्नेछ।

कन्या - कन्या राशीका तपाईको आज शेयर बजारमा पनि उतारचढाव आउन सक्नेछ, मन सम्हाल्न आवश्यक छ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएलासचेत रहनु होला।

तुला - तपाइको आज घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार हुनेछ, परिवारका सदस्यहरू सकारात्मक होलान। माया प्रेममा सामीप्यता बढेर जाला।

वृश्चिक – तपाईको आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ, इनाम र प्रतिष्ठा कमाउने, परिवारमा सुख सन्तोष छाउने र अधुरो काम बन्ने समय छ।

धनु – तपाइको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण होला, उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना रहेको छ।

मकर - मकर राशीका तपाइको आज रमाइलो यात्राको सम्भावना रहेको छ, समय मध्यम खालको रहला, अरुले गरे भनेका कुरामा चित्त नबुझ्ने हुनाले संयमता अपनाउनु होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज पठनपाठनमा प्रगति होला, अरुलाई प्रभावित पारेर काम बन्ने तथा चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। आयआर्जनका क्षेत्रमा सुधार आउन सक्छ।

मिन – तपाइको आज लामो यात्रा सुखद् र सफल रहला। सामाजिक प्रसिद्धि प्राप्त होला। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ भने सवारी साधनको खरिद हुने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप