Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २९ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर २९ गते, मंसिर शुक्ल तृतिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज अध्ययन र अध्यापनको कार्य अघि बढ्ने देखिन्छ। पुरानो समस्या सुल्झाउन सकिएला। देश र सामाजिक हितमा मन जानेछ।

वृष – तपाइको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने र सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। साझेदारी काममा उल्झन आउनेछ।

मिथुन - तपाईको आज आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। महत्त्वपूर्ण कामको योजना बन्ने र सामाजिक क्षेत्रबाट सफलता पाइनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साहित्य र मनोरञ्जनमा रुचि बढ्ने तथा भाग्यले विभिन्न अवसर दिनेछ। कुनै कुराले मनमा शान्ति छाउन सक्छ।

सिंह – तपाईको आज पुराना योजना बिस्तारै अघि बढ्ने र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ भने धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज खर्च बढ्ने योग रहेको छ, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न सकिदैँन, सहकर्मीबाट विरोध पनि आउन सक्नेछ।

तुला - तपाइको आज व्यापार व्यवसायमा भने त्यति राम्रो नहुनसक्छ। ठीक समयमा सही निर्णय लिन सक्नुहुनेछ। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज स्वास्थ्य प्रति भने सजगता अपनाउनु होला।

धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सफल यात्राको योग रहेको छ।

धनु – तपाइको आज व्यापार व्यवसायबाट धनलाभ नहुने देखिएको छ। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। न्यायिक कार्यमा सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुनेछ। मनमा उत्साह र उमङ्गको कमी देखिएला। गरिएको कामबाट लाभ लिन सकिँदैन।

कुम्भ - कुम्भ राशीका तपाइको आज विद्या र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। धैर्य एवं लगनशीलताले अवसर देलान। प्रेम सम्बन्ध अझै कसिलो होला।

मिन – तपाइको आज साथीभाइहरूले राम्रै सहयोग गर्नेछन। नयाँ अवसरहरू आउनाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप