Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २६ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर २६ गते, मंसिर कृष्ण औसीँ तिथी मंगलबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज नजिकको व्यक्तिबाट धोका पाइनेछ, बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ भने मन खिन्न हुने स्थिति पनि आउनसक्छ।

वृष  तपाइको आज अध्ययन तथा अध्यापनमा रुचि बढ्ने र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

मिथुन - तपाईको आज प्रणयसम्बन्ध अझै बढनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। कार्य सम्पादनमा सहजता होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज अधुरो काम विस्तारै अघि बढ्ने र महिला वर्गबाट विशेष सहयोग पाइएला। व्यवसायका लागि यात्राको सम्भावना रहेको छ।

सिंह तपाईको आज अभिभावकको आशीर्वादले काम गर्न सकिएला। सामान हराउन सक्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज बोलीको प्रभाव बृद्धि होला। ठीक समयमा सही निर्णय लिन सकिएला। दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइएला।

तुला - तपाइको आज दिनको उत्तरार्ध बढी सुखद् रहने छ। शुभकार्यको चर्चा हुनुका साथै राजनैतिक र सामाजिक कार्यमा सफलता पाइएला।

वृश्चिक  तपाईको आज श्रमको उचित मूल्याङ्कन होला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ। शुभकार्यको चर्चा हुने र आँटेको तथा ताकेको कार्य पुरा होला।

धनु  तपाइको आज स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। चिताएको काम रोकिने छ भने हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्नेछन

मकर - मकर राशीका तपाइको आज आर्थिक क्षेत्रमा भने सामान्य सफलता पाइएला। कुनै कुराले अनुहारमा चमक आउने र दाम्पत्य जीवन सुखमय हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज वैदेशिक कार्यमा मन जानेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला। नयाँ कमको थालनी हुनसक्छ।

मिन – तपाइको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला।प्रेम र मित्रताको बन्धन कसिने र आतिथ्यपूर्ण सम्मान पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप