Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २२ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर २२ गते, मंसिर कृष्ण एकादशी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मुद्दा मामिला आउन सक्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने भय रहेको छ। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नुका साथै सौन्दर्यतामा धन खर्च होला।

वृष – तपाइको आज शुभकार्यको चर्चा हुनुका साथै योजना पनि बन्ला, शत्रुमाथि विजय प्राप्त होला। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाला।

मिथुन - तपाईको आज धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न यात्रा सफल हुनेछ, तर लामो यात्राबाट भने हानी होला। मानसम्मान प्राप्त होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रविधि मार्फत काम अघि बढ्ने र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पाइएला।

सिंह – तपाईको आज पारिवारिक जमघट र सद्भाव बढेर जानेछ। मनमा निराशा र शरीरमा आलस्य आउनसक्छ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज विपरीत वर्ग प्रति आकर्षण बढ्ला। कला र गलाको प्रभाव बढ्ने र सामाजिक तथा राजनैतिक क्षेत्रमा विभिन्न अवसर आउला।

तुला - तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान।

नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

वृश्चिक – तपाईको आज शुभकार्यको चर्चा हुनाले मनमा प्रसन्नता छाउला। महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग पाइएला।

धनु – तपाइको आज प्रेमप्रसङ्गमा नरमाइलोपन आउनाले मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुनेछ तर भाग्यले साथ भने दिनेछ।

मकर - मकर राशीका तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। आस्था र पराक्रममा वृद्धि हुनुका साथै सामाजिक र राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज यात्राबाट टाढै रहनु राम्रो हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै इच्छा र आकाङ्क्षा पूर्ण होलान। मित्र वा आफन्तको सहयोग पाइएला।

मिन – तपाइको आज साँझपख शुभ समाचार आउनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप