Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर ११ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल मंसिर ११ गते, कार्तिक शुक्ल पुर्णिमा तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज पारिवारिक रमाइलो हुनेछ। विशेष सामाजिक कृत्यमा सहभागीको अवसर पाइएला। नयाँ भौतिक साधनको योजना बन्न सक्छ।

वृष – तपाइको आज सन्तानबाट सुख मिल्नेछ, आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न हुनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ला।

मिथुन - तपाईको आज व्यवहारमा फाइदा होला, मित्रहरूले दिएको वचन फेरिन सक्ने र फजुल खर्चले चिन्ता बढाउनेछ भने मनको डरले सताउला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मङ्गल कार्यको योजना बन्ला, खानपिनको परिकारले मन लोभ्याउन सक्छ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन।

सिंह – तपाईको आज रमाइलो यात्राको योग रहेको छ। मन मिल्ने साथीको सहयोग र हौसला पाइएला। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

कन्या - कन्या राशीका तपाईको आज जागिर र कर्म प्रति चिन्तन बढेर जानेछ, कुनै न कुनै कुराले मनमा शान्ति छाउला। रोकिएका र अधुरा काम पुनः सुरु हुनेछन।

तुला - तपाइको आज स्वास्थ्य प्रति सजग रहन जरूरी देखिन्छ, सानातिना समस्यामा अल्झिनुपर्ने र दबाब र तनाव बढेको महसुस होला।

वृश्चिक – तपाईको आज प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्नेछन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ।

धनु – तपाइको आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढेर जानेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ।

मकर - मकर राशीका तपाइको आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ, रचनात्मक कार्यमा मन जानुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाइएला। पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति होला।

मिन – तपाइको आज चिताएको कामले तीव्रता पनि लिनेछ। शुभकार्यको चर्चा हुने र सामाजिक क्षेत्र तथा नोकरीबाट मानसम्मान पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप