शुभ बिहानी, आज २०८० साल जेठ ८ गते, जेठ शुक्ल तृतिया तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज शुभ चिन्तकहरूले पूर्ण
समर्थन दिनेछन, घरमा अतिथिको आगमन होला। पुरानो समस्या सुल्झाउन सकिएला। सन्तान
सुख पनि मिल्न सक्छ।
वृष - तपाईको
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला।
शुभकार्यको चर्चा चल्ने र आँटेको, ताकेको कार्य पुरा हुने छ। प्रेममा मधुरता आउला।
मिथुन - तपाईले
आज रमणीय र सुखद् यात्राको योग रहेकोछ। नयाँ
ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना समेत बन्ने देखिन्छ। विपरीत
वर्ग प्रति आकर्षण बढेर जाला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज सामान हराउने वा चोरी हुन सक्छ। शरीरमा
स्फूर्ति र उमङ्गको कमी होला। आत्मबल बढाएर काम गरेमा सफल भइएला।
सिंह – तपाईको आज नयाँ
कार्यको योजना बन्ने र धार्मिक यात्राको योग रहेको छ। नजिकको व्यक्तिबाट आँटेको
काममा साथ मिल्नेछ। कामबाट पनि फुर्सद पाइएला।
कन्या - कन्या राशीका तपाइँको आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई
सकारात्मक बनाउने समय रहेकोछ। वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्नेछ।
तुला - आज तपाइको साझेदारी
र सट्टापट्टामा विशेष लाभ मिल्नसक्छ। नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा हुनेछ।
मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ।
वृश्चिक – तपाईको आजको समय त्यति राम्रो छैन। लेनदेनको कार्यमा विशेष
ख्याल गर्नुपर्ने छ,
तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै
भेटिएलान।
धनु – तपाइले आज कीर्तिमानी काम गर्ने समय रहेकोछ। चलाखीपूर्ण
बोलीले कार्य सिद्ध हुने र राजनैतिक कार्यमा सफलता मिल्ने समय छ। बन्धु बान्धवबाट
सहयोग मिल्न सक्छ।
मकर - मकर राशीका तपाईको आज मनमा
हर्ष, उमङ्ग र उत्साह छाउला, आफ्नै दक्षतामा विभिन्न
कार्यहरू सम्पन्न हुने र पारिवारिक सद्भाव बढ्ने, तथा खर्च पनि बढ्ने समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज काम गर्ने
जोश जाँगर र उमङ्ग बढ्ला। चिताएको कामले तीव्रता लिनु का साथै नयाँ कामको थालनी
हुने र वैदेशिक कार्य अघि बढ्ने समय छ।
मिन -
तपाईको आज महत्त्वपूर्ण
अवसर गुम्न सक्छ। प्रेममा बाधाका साथै मन कमजोर हुनेछ। आर्थिक सङ्कटले गर्दा मनमा
अशान्ति र छटपटी होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता