Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ १४ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | १४ जेष्ठ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल जेठ १४  गते, जेठ शुक्ल अष्टमी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रमाइलो यात्रा र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने तथा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने सम्भावना छ।

वृष - तपाईले आज तनाव बढेको महसुस गर्नुहुनेछ। महत्वपूर्ण अवसर गुम्ने र सन्तान पक्षको मायामा कमी आउने तथा यात्रामा सावधानी अपनाउनु पर्ने समय छ।

मिथुन - तपाईको आज अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनुहोला। छोटो यात्राको सम्भावनालाई रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज विवाद र प्रतिस्पर्धामा सफलता मिल्नुका साथै धार्मिक कार्यमा सरिक हुने शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिने सम्भावना छ।

सिंह – तपाईको आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने छ। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण बित्ने र पारिवारिक सुख मिल्ने योग छ।

कन्या - कन्या राशीका तपाइँको आज आफूलाई कमजोर भएको अनुभूति होला। आफन्त सँग मनमुटाव बढ्ने र सामान हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु होला।

तुला - आज तपाइलाई रोकिएको काम दोहोर्याएर प्रयत्न हुदा फाइदा होला। लाभदायक नसोचेको ठाउँ बाट धन हात हुनेछ। शुभारम्भको चर्चा चल्ने योग छ।

वृश्चिक – तपाईको आज चिताएको कामले तीव्रता लिने, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ।

धनु – तपाइको आज शुभकार्यको चर्चा चल्नुका साथै मनमा शान्ति छाउने र बन्दव्यापार, पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने योग छ।

मकर - मकर राशीका तपाईको आज बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना होला, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुन सक्छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनुका सथै मित्रताको बन्धन कसिने र दाम्पत्य सुखमा रमाउने समय रहेको छ।

मिन - तपाईको आजको अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप