Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १९ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल कार्तिक १९ गते, कार्तिक कृष्ण अष्टमी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहला, सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने र झुटा आरोप आइपर्दा समस्या आइपर्नेछ।

वृष – तपाइको आज आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ, आफन्तको प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला।

मिथुन - तपाईको आज मानसम्मान प्राप्त होला, काममा सफलता मिल्ने र मनमा भएको बोझ हटेर जानेछ। अरूले सापटी लगेको रकम फिर्ता पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यापार व्यवसायमा प्रगति हुनेछ, महिला वर्गबाट विशेष सहयोग पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जान सक्छ।

सिंह – तपाईको आज सवारी चलाउँदा विपत्ति आइलाग्न सक्ने छ त्यसैले सचेत रहनुहोला सोचेजस्तो लाभ हासिल गर्न केही समय लाग्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला।

कन्या - कन्या राशीका तपाईको आज स्वास्थ्यमा सुधार आउनेछ, बन्धु बान्धवबाट सहयोग पाइएला। राजनीतिक कार्यमा सफलता मिल्ने र वैदेशिक कार्य अघि बढेर जानेछ।

तुला - तपाइको आज वाहन लाभ मिल्ने,  चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुने, जोशजाँगर र हिम्मत बढ्ने तथा कला र गलाको प्रभाव बढेर जाने योग छ।

वृश्चिक – तपाईको आज प्रेम सम्बन्धमा मधुरता छाउला, आफन्तसँग रमाइलो भेटघाट होला। कुनै कुराले मनमा शान्ति छाउने र मनोरञ्जनमा सहभागिता भइने समय छ।

धनु – तपाइको आज आज यात्रा सामान्य रहला लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहला।

मकर - मकर राशीका तपाइको आज नयाँ कामको थालनी हुनसक्नेछ भने श्रमको उचित मूल्याङ्कन पनि होला। व्यापार व्यवसायमा सफलता मिल्ने र धर्म तथा समाजसेवामा मन जानेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेममा सफलता पाइएला। नयाँ कार्य वा रोजगारको अवसर मिल्ला। धार्मिक कार्यमा रुचि बढ्ने र रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने।

मिन – तपाइको आज शुभकार्यको चर्चा हुनेछ, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। आत्मिक सन्तुष्टि मिल्ने र दानपुण्यका कार्यमा सहभागी भइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप