Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज असार ५ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असार ५  गते, असार कृष्ण द्वितीया तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज  रमाइलो यात्राको, त्यसबाट दीर्घकालिक फाइदा र लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने सम्भावना छ।

वृष - तपाईको आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छन।

मिथुन - तपाईको आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला। चिताएको कामले तीव्रता लिने र शुभ चिन्तकबाट साथ, सहयोग तथा सम्मान पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जिद्दीपनाले गर्दा काम बिग्रने डर, दबाब र तनाव बढेको महसुस, व्यवसायमा नोक्सानी र कार्य सम्पादनमा समस्या आउन सक्छ।

सिंह – तपाईको आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। नोकरी गर्नेले मानसम्मान पाउनुहोला।

कन्या - कन्या राशीका तपाईको आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने। सभासमारोहमा सरिक हुने र जटिल ठानिएको कामसमेत सम्पादन हुने र लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने सम्भावना रहेको छ।

तुला - तपाइको आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। परिवारजनको साथले नयाँ आशा पलाउला। ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्नेछ।

वृश्चिक – तपाईको आज नियमित खर्चसमेत बढ्ने, आफूलाई कमजोर भएको अनुभूति हुने र आफन्तसँग मनमुटाव बढ्नसक्ने योग छ।

धनु – तपाइको आज सम्पत्ति लाभ गर्न अनुकूल प्रयास गर्नुहोला। सहयोगीको सङ्गतले फाइदा मिल्ने तर स्वास्थ्यको भने ख्याल गर्नुपर्ने समय छ।

मकर - मकर राशीका आज रोकिएका काम पुनः सुरु हुन सक्नेछन। परिवारका सदस्यहरूसित भेटघाट हुने र कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्ने देखिन्छ। पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण पनि बन्ला।

मिन – तपाइले आज आफन्त व्यक्तिसँगै विवाद पर्ने, मानसिक चञ्चलपनले पेशागत हानी हुने, स्वास्थ्यले साथ नदिन पनि सक्ने सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप