Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार २७ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | २७ असार २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल असार २७ गते, साउन कृष्ण  दशमी तिथी बुधबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। वित्तिय संस्थाबाट सहयोग पाइएला। शुभ काममा मन जाने र घर, जग्गाको कारोबारमा सफलता पाइने छ।

वृष - तपाईको आज सामान चोरी हुने भय रहेको छ। टाउको दुख्ने समस्या होला, आत्मबल बढाएर काम गरेमा सफल भइएला र शुभ काममा मन जाला।

मिथुन - तपाईको आज इष्टमित्रसित भेटघाट हुने अवसर जुट्ने,  मनमा उमङ्ग र उत्साह छाउने, वैदेशिक क्षेत्रबाट सफलता मिल्ने र भक्ति पनि बढ्ने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज परिवारजनको साथले नयाँ आशा दिनेछ। शुभ समाचार सुन्न पाउनुहोला। आस मारेको काम बन्ने, तर पेटको समस्या बढ्न सक्ने सम्भावना रहेको छ।

सिंह – तपाईको आज नयाँ कार्यको योजना बन्ने, नयाँ वस्त्र प्रप्ति हुने, सरकारी निकायबाट सहयोग मिल्ने, शेयर बजारमा गरेको लगानी पनि राम्रो हुने योग छ।

कन्या - कन्या राशीका तपाईको आज सानातिना बाधा आइलागे पनि काम भने रोकिने नरोकिएला, कार्य सम्पादनमा सहजता मिल्ने र विद्या, बुद्धिको विकास हुने तथा शुभकार्यको चर्चा हुनेछ।

तुला - तपाइको आज कलासाहित्य तथा सङ्गीतमा रुचि हुनेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति होला। आर्थिक क्षेत्रमा राम्रै सफलता पाइएला।

वृश्चिक – तपाईको आज इनाम र प्रतिष्ठा कमाउने, आँटेको र ताकेको कार्य पुरा हुने, परिवारसँग समय बित्ने, शुभकार्यको चर्चा पनि हुने समय छ।

धनु – तपाइको आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन होला। आफन्तको प्रगतिले मन रमाउँला। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जाला।

मकर - मकर राशीका तपाइको आज अपजस मिल्नसक्ने भएकाले सजग हुनुहोला। आर्थिक कारोबारमा मन्दी आउला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धार्मिक तथा समाजसेवामा मन जाला। नयाँ कार्यको योजना बन्ने। बोलीको प्रभाव बढ्ने र आँटेको, ताकेको कार्य पुरा हुने समय छ।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छउला। चिताएको कामले तीव्रता लिने र गरेको कार्यमा सफलता पाइने तथा पुनर्मिलनको योग रहेको छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप