Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असार २६ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असार २६ गते, साउन कृष्ण  नवमी तिथी मंगलबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्ला। आर्थिक कारोबारमा विवाद पनि होला।

वृष - तपाईको आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने र परिवारका सदस्यहरूसँग भेटघाट हुने समय छ।

मिथुन - तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव देला। रमणीय, सुखद् र धार्मिक यात्राको योग रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित होला। पेसा र व्यवसायबाट लाभ हुने सक्छ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता पनि छाउला।

सिंह तपाईको आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय होलान। आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्ला ध्यान पुर्याउनुहोला।

कन्या - कन्या राशीका तपाईको आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइएला।

तुला - तपाइको आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउला। कार्य सम्पादनमा र  व्यापार व्यवसायमा सहजता  र सफलता मिल्नेछ।

वृश्चिक  तपाईको आज धार्मिक कार्यमा रुचि बढ्न सक्ला। शेयर बजारको लगानी र कारोबारमा सफलता पाइएला भने यात्रामा मालसामान हराउन सक्नेछ।

धनु  तपाइको आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल राख्नुहोला।

मकर - मकर राशीका तपाइको आज विद्या र बुद्धिको विकास होला। पारिवारिक भेटघाटमा रमाइने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा माया प्रेममा आत्मियताको बढोत्तरी होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सन्तान तथा परिवारमा मेलमिलाप होला। शेयर बजार तथा आर्थिक कारोबारमा सफलता पाइएला तर सौन्दर्यतामा धन खर्च हुनेछ।

मिन – तपाइ आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनुहोला। घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप