Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार २५ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | २५ असार २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असार २५ गते, साउन कृष्ण  अष्टमी तिथी सोमबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज महत्त्वपूर्ण अवसर गुम्नेछ। आफूलाई कमजोर भएको अनुभूति होला। अनावश्यक धन खर्च भएपनि आफन्तबाट साथ र हौसला मिल्ला।

वृष - तपाईको आज रोकिएको धन हात पर्न सक्छ। मिष्ठान्न भोजन प्राप्ति होला। मनोरञ्जनमा सहभागी हुनुहोला। साँझमा पैसा खर्च हुने र अतिथिको सेवा हुने योग छ।

मिथुन - तपाईको आज आराधना र उपासना, धर्मकर्म गर्ने, प्रेम सम्बन्धमा मधुरता छाउने, रोकिएको धन हात पर्ने, स्वादिष्ट भोजन पनि पाइने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभ कार्यमा सरिक भइएला। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन होला। अचल सम्पत्ति हात पर्ने योग रहेको छ।

सिंह – तपाईको आज कार्यमा अवरोध आउनसक्छ। यात्रामा मालसामान हराउला। घरायसी झमेलामा परिने र दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्नेछ।

कन्या - कन्या राशीका तपाईको आज मनमा उत्साहका साथै बोली बिक्ने, कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने, शुभकार्यको चर्चा हुने र सफल यात्राको योग पनि रहेको छ।

तुला - तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। सोचेको र चिताएको कामले तीव्र गति लिनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्ला।

वृश्चिक – तपाईको आज धर्मकर्ममा रुचि बढ्ने र गरेका कामबाट राम्रै लाभ हुने तथा अधुरो र नयाँ कार्यको थालनी हुने, शुभ समाचार पनि सुन्न पाइने समय छ।

धनु – तपाइको आज गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्ला। सोचेका काममा उल्टापाल्टा परिणाम आउन सक्छ, तर साँझमा शुभ समाचार सुन्न पाइएला।

मकर - मकर राशीका तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। पठनपाठनमा प्रगति होला। आफन्तको सहयोग प्राप्त हुने र  वैदेशिक क्षेत्रको काम अघि बढ्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज वित्तिय संस्था बाट सहयोग पाइएला। विशिष्ट व्यक्तिको सहयोग मिल्ने र विश्वास गरेकाले साथ दिने तथा शुभकार्यको चर्चा हुनेछ।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छउनेछ। श्रमको उचित मूल्याङ्कन होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल होला। आर्थिक लाभ पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप