शुभ बिहानी, आज २०८० साल असार २४ गते, साउन कृष्ण सप्तमी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आफन्तसँग
मनमुटाव र आफूलाई कमजोर भएको अनुभूति होला। विवेकले काम नगर्ने र खानपिनमा सचेत
रहनाले नै उचित होला।
वृष - तपाईको
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त होला।
धर्म, वैराग्य, ज्ञान, र
अध्यात्मको भावना जाग्ने र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ।
मिथुन - तपाईको
आज कुनै कुराले मनमा शान्ति छाउन सक्छ।
शुभकार्यको चर्चा होला। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको
वातावरण रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज रमाइलो यात्राको र त्यसबाट दीर्घकालिक फाइदा
पुग्ने साथै रोकिएका अधुरा कामहरू पुरा हुने तथा स्वास्थ्य सबल रहने सम्भावना छ।
सिंह – तपाईको आज
आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्नेछ,
सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्छ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिएला।
कन्या - कन्या राशीका तपाईको आज शुभकार्यको चर्चा होला। रोकिएका काम पुनः सुरु
हुन सक्लान। धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला। इस्टमित्रहरूसँग भेटघाट पनि
हुनसक्छ।
तुला - तपाइको आज हर्ष र
प्रसन्नताका बीचमा समय व्यतीत होला। धार्मिक कार्यमा रुचि बढ्ने तथा साझेदार वा
सहयोगीको सङ्गतले फाइदा हुनेछ।
वृश्चिक – तपाईको आज आफन्तले कुनै माध्यमबाट सहयोग गर्नसक्छन। प्रेम र
मित्रताको बन्धन कसिने र कसैकसैका लागि सन्तान सुखको पनि योग रहेको छ।
धनु – तपाइको आज जिद्दीपनाले गर्दा काम बिग्रने भय छ । व्यवसायमा
नोक्सानी होला, शैक्षिक क्षेत्रमा समस्या आउने र वैदेशिक
कार्य अघि बढ्ने समय छ।
मकर - मकर राशीका तपाइको आज धार्मिक
कार्य र सभासमारोहमा सरिक हुने, जटिल ठानिएको कामसमेत सम्पादन हुने, विवाद र
प्रतिस्पर्धामा सफलता मिल्न सक्ने सम्भावना छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लाभदायक यात्राको, एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहने, नोकरी गर्नेले मानसम्मान पाउने सम्भावना छ।
मिन –
तपाइको आज अधिकार
प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको
कामसमेत सम्पादन हुन सक्नेछन।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता