Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार २२ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असार २२ गते, साउन कृष्ण  पञ्चमी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज अरुलाई प्रभावित पारेर काम बन्ला। चलाखीपूर्ण बोलीले कार्य सम्पन्न होला। आयआर्जनका क्षेत्रमा सुधार आउला भने पठनपाठनमा प्रगति हुनसक्छ।

वृष - तपाईको आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। सवारी साधनको खरिद बिक्री हुने र लामो सुखद् र सफल यात्राको  योग रहेको छ।

मिथुन - तपाईको आज उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने, धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुने सम्भावना छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मन सम्हाल्न आवश्यक रहनेछ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिन सकिएला। शेयर बजारमा उतारचढाव आउन सक्नेछ।

सिंह – तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। प्रेमीको सहयोग प्राप्त हला। छोटो यात्रा पनि हुनसक्छ।

कन्या - कन्या राशीका तपाईको आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्ला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। महिला वर्गबाट सहयोग पाइएला।

तुला - तपाइको आज आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य बिस्तारै पुरा हुनेछ। आज मातापिता र वरिष्ठ व्यक्तित्वको आशीर्वाद पाइएला।

वृश्चिक – तपाईको आज मन खिन्न हुनेछ। कार्य सम्पादनमा सहजता नहुनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर र व्यवसायिक स्थितिमा गिरावट आउने सम्भावना छ।

धनु – तपाइको आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम होला। बोलीको भरमा कार्य सहजै सम्पादन हुने र अर्थपूर्ण सुखद् यात्रा पनि होला।

मकर - मकर राशीका तपाइको आज श्रमको उचित मूल्याङ्कन होला। मनमा हर्ष, उमङ्ग र उत्साह छउला। कला र गलाको प्रभाव बढ्ने र शुभ समाचार पनि सुन्न पाइनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज इनाम र प्रतिष्ठा कमाउने, परिवारमा सुख सन्तोष छाउने, अधुरो काम बन्ने, धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइने समय छ।

मिन – तपाइको आज समय मध्यम खालको रहेको छ। आम्दानीको तुलनामा खर्च बढ्नेछ, तर घर परिवारका सदस्यहरूसँग सम्बन्ध सकारात्मक हुने र सामाजिक प्रसिद्धि प्राप्त हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप