Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २२ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन २२ गते, साउन कृष्ण  षष्ठी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कार्यमा बाधा आउला। सरकारी निकायको भय रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु परेपनि प्रेम सम्बन्धमा मधुरता आउला।

वृष – तपाईको आज नयाँ कार्यको योजना बन्न सक्छ। नजिकको व्यक्तिबाट आँटेको काम सफल होला। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग रहेको छ।

मिथुन - तपाईको आज आत्मघाती काम गरिएला। महत्त्वपूर्ण अवसर गुम्न सक्ला, तर व्यापार व्यवसायबाट विशेष लाभ होला। बन्धु बान्धवबाट सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कीर्तिमानी काम गर्ने, चलाखीपूर्ण बोलीले काम सफल हुने, राजनैतिक कार्यमा सफलता मिल्ने र अनावश्यक ठाउँमा धन खर्च हुने समय छ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुने, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुन, आँटेको र ताकेको कार्य पुरा हुने तथा सुखद् यात्राको योग पनि रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ जिम्मेवारी पाइनेछ। घरमा अतिथिको आगमन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला। शुभकार्यको चर्चा होला।

तुला - तपाइको आज नयाँ र शुभकार्यको योग रहेको छ। वैदेशिक कार्य अघि बढ्ला। काम गर्ने जोश जाँगर र उमंग आउनेछ। चिताएको कामले तीव्रता पनि लिन सक्छ।

वृश्चिक – तपाईको आज रमणीय र सुखद् यात्रा हुने मनोरञ्जनमा सहभागी भइने, विपरीत वर्ग प्रति आकर्षण बढ्ने र कामका विभिन्न अवसर फेला पर्ने योग छ।

धनु – तपाइको आज कष्टपूर्ण यात्रा होला। वैदेशिक क्षेत्र कमजोर रहला। कार्य सम्पादनमा समस्या आउनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइनेछ ।

मकर - मकर राशीका तपाइको आज पुरानो समस्या सुल्झाउन सकिएला। शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन। मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभकार्यको, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र दिनको उत्तरार्धमा धन खर्च हुने योग छ।

मिन – तपाइले विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सक्नु हुनेछ, वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजन पनि मिल्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप