Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज माघ ८ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल माघ ८ गते, पुस शुक्ल द्वादशी तिथी सोमबार । सन २०२४ जनवारी २२ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज स्वास्थ्य प्रति सजगता अपनाउनु आवश्यक रहेको छ। धर्मकर्म तथा समाजसेवामा मन जानुका साथै भाग्यले विभिन्न अवसर दिनेछ।

वृष – तपाइको आज विद्या र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। धैर्य एवं लगनशीलताले अवसरहरु प्राप्त होलान। प्रेम सम्बन्ध अझै कसिलो होला।

मिथुन - तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नुका साथै सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। साझेदारी काममा उल्झन आउन सक्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज राजनैतिक क्षेत्रमा सफलता पाइनेछ। रोकिएका काम पुनः सुरु हुनुका साथै महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह – तपाईको आज आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। महत्त्वपूर्ण कामको योजना बन्ने र सामाजिक क्षेत्रबाट सफलता पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साथीभाइहरूले पनि राम्रै सहयोग दिनेछन। नयाँ अवसरहरू आउनाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको योग रहेको छ।

तुला - तपाइको आज खर्च बढ्ने तथा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने र सहकर्मीबाट विरोध पनि आउन सक्ने योग छ।

वृश्चिक – तपाईको आज अध्ययन र अध्यापनको कार्य अघि बढ्नुका साथै पुरानो समस्या सुल्झाउन सकिएला। देश र सामाजिक हितमा मन जाने देखिन्छ।

धनु – तपाइको आज पुराना योजना बिस्तारै अघि बढ्नका साथै नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने तथा धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने समय छ।

मकर - मकर राशीका तपाइको आज व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ। ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्नेछ, तर वैदेशिक कार्य भने अघि बढ्नेछ। साथीभाइबाट आश्वासन प्राप्त भएपनि सहयोग भने नमिल्न सक्छ।

मिन – तपाइको आज व्यापार व्यवसायबाट धनलाभ नहुनसक्छ। अरुलाई प्रभावित पारेर काम चाँही बन्नेछ र न्यायिक कार्यमा सफलता पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप