Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ७ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ७ पुस २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल पुस ७ गते, मंसिर शुक्ल एकादशी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज साथीभाइले सहयोग दिनेछन। घरमा अतिथिको आगमन होला। भूमिबाट लाभ हुनेछ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

वृष – तपाइको आज आफन्तसँग मनमुटाव हुनसक्छ, समय मध्यम खालको रहेको छ। सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ। माया प्रेममा अविश्वास बढ्नसक्नेछ।

मिथुन - तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइनेछ। महत्त्वपूर्ण कामको थालनी होला। लक्ष्मी प्रसन्न हुने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै हने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहला। आजको यात्रा लाभदायक अनि सफल होला।

सिंह – तपाईको आज शुभकार्यको चर्चा हुनेछ। भाग्यले विभिन्न अवसर दिनेछ भने धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ काम सुरु गर्ने समय रहेको छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साझामा नयाँ समाचार सुन्न पाइएला, शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनसक्छ। यात्रामा मालसामान हराउने तथा स्वास्थ्यमा खर्च पनि बढ्नेछ।

तुला - तपाइको आज लाभदायक यात्रा हुनेछ। महिला वा मित्र बाट विशेष सहयोग पाइएला। रोकिएका काम पुनः सुरु हुने तथा आर्थिक कारोबारमा सफलता पाइनेछ।

वृश्चिक – तपाईको आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइनेछ। लगानीमा रहेको रकम फिर्ता आउने तथा कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्न सक्छ।

धनु – तपाइको आज आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला। धैर्य एवं लगनशीलताले अवसरहरु दिनेछन। प्रेम सम्बन्ध कसिलो हुनुका साथै नयाँ ज्ञान सिक्ने मौका पाइनेछ।

मकर - मकर राशीका तपाइको आज शेयर बजारमा असफल भइएला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नपर्नसक्छ। नियमित खर्चसमेत बढ्ने योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज घरमा अतिथिको आगमन होला। जटिल ठानिएको कामसमेत सम्पादन होला भने धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ।

मिन – तपाइको आज शुभारम्भको चर्चा हुनेछ। आँटेको काम पुरा हुने छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने समय समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप