Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन २८ गते आइतबारको राशीफल।

आज फागुन २८ गते चैत कृष्ण पञ्चमी तिथी आईतबार।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

शुभ बिहानी, आज फागुन २८ गते चैत कृष्ण पञ्चमी तिथी आईतबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको आज घरपरिवारसँग समय व्यतीत हुनेछ भने लगनशीलताका कारण कामहरू अगाडि बढ्नेछन् र नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

वृष – तपाईले आज मनपर्ने खानेकुरा खान पाउनुहुनेछ। प्रेमीको सहयोग मिल्नेछ। साँझ पख खर्च बढ्ने र आफूलाई कमजोरी भएको महसूस हुनेछ।

मिथुन – आज तपाईंको शुभकार्यको चर्चा चल्नेछ। धार्मिक तथा समाज सेवामा पनि मन जानेछ। आज आफन्तको सल्लाह, सहयोग र हौसला मल्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको आज मन खिन्न हुने स्थिति आउनेछ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ। मालसामान पनि हराउन सक्छ, सजक रहनु पर्छ ।

सिंह –तपाईको आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी हुने योग छ। पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मकता नै हुने देखिन्छ।

कन्या –   आज कन्या राशीको दिन भाग्यशाली भएर देखा पर्नेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् भने विपरीत वर्ग प्रति आकर्षण बढेर जानेछ।

तुला – आज तपाइको आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ। प्राविधिक कार्यमा पनि सफलता हात पर्ला। प्रेमी प्रमीकाको सहयोग प्राप्त हुनेछ।

वृश्चिक - तपाईको आज दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ भने नयाँ र शुभ कार्यको योजना पनि बन्न सक्छ।

धनु – तपाइको आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। समाजमा पनि प्रभाव पार्न सकिएला।

मकर - आज मकर राशीका तपाईहरुको पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। मनमा शान्तिको अनुभूति हुनेछ भने शुभकार्यको चर्चा पनि चल्ने देखिन्छ।

कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज अतिथिको रूपमा सत्कार पाइने योग छ। कृषि क्षेत्रबाट सफलता हात पर्ला। सुखद् मिलनको योग छ र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

मिन - आज तपाईले प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ हुन्छ। स्वास्थ्य सम्बन्धी समस्याले बढी सताउनेछ भने विश्वास गरेकाहरूबाट धोका हुनसक्नर देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप