Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन २३ गते मंगलबारको राशीफल।

आज फागुन २३ गते फागुन शुक्ल पुर्णिमा तिथी मंगलबार।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

शुभ बिहानी, आज फागुन २३ गते फागुन शुक्ल पुर्णिमा तिथी मंगलबार। आज तराई फागु पुर्णिमा। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक देखिन्छ।

वृष – तपाईलाई आज सजिलै अरुको विश्वास जित्न गाह्रो पर्न सक्छ। विद्या र बुद्धिमा पनि ह्रास आउने देखिन्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन्।

मिथुन - आज तपाईलाई सामाजिक कार्यमा सरिक हुने अवसर प्राप्त होलआ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनाले आँटेको र ताकेको कार्य पुरा हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

सिंह – आज तपाईको बोलीको भरमा कार्य सम्पादन हुन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने योग छ।

कन्या –   आज तपाईको लाभहानी, आयव्यय, सुखदुःख बराबरीको मध्यम खालको दिन रहनेछ, साथै प्रणयसम्बन्ध र पारिवारिक  सम्बन्ध पनि सुमधुर हुनेछ।

तुला – तपाइको आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसक्ला। समय प्रतिकुल भई कुलतमा मन जानसक्छ बिचार गर्नु होला।

वृश्चिक - तपाईको आजको दिन रोकिएको पैसा हात पर्न सक्छ सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ भने सांस्कृतिक कार्यमा सरिक भइनेछ।

धनु - आज तपाइको शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने बेला छ।

मकर - आज मकर राशीका तपाईहरुको स्वास्थ्यमा धन खर्च हुनेछ। अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्ने हुन सक्छ। घरायसी विवाद पनि बढ्नसक्ने योग छ।

कुम्भ- आज कुम्भ राशी हुनेहरुका लागी समाजबाट मान सम्मान र पारिवारिक सुख मिल्नेछ। आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउन सक्छ।

मिन - आज तपाईको मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर र साथ दिने देखिन्छ भने गरेको काममा पनि सफलता हात पर्नेछ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप