Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २६ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल भदौ २६ गते, भदौ कृष्ण त्रयोदशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने र ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने तथा व्यवसायमा नोक्सानी हुनेछ।

वृष – तपाइको आज मन मिल्ने साथीबाट सहयोग र हौसला मिल्नेछ प्राप्त हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिएला। रमाइलो यात्राको योग पनि छ।

मिथुन - तपाई आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। प्रेमीको सहयोग पाइने र नयाँ ज्ञान सिक्ने मौका पाइएला। पारिवारिक साथ पनि मिल्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर जुट्नेछ। भौतिक साधन जुटाउने र रमाइलो यात्राको समय रहेको छ।

सिंह – तपाईको आज मनमा दुबिधा उत्पन्न होला। मानसिक चिन्ता बढ्ने र मालसामान हराउन सक्ने तथा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज शुभ र मङ्गल कार्यको चर्चा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने तथा चिताएको कामले तीव्रता पनि लिने समय छ।

तुला - तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ने तथा भौतिक सुख पनि मिल्ने योग छ।

वृश्चिक – तपाईको आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउने र लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै स्वादिलो परिकार पनि मिल्ने समय छ।

धनु – तपाइको आज मित्रहरूले दिएको वचन फेरिन सक्ला। फजुल खर्चले चिन्ता बढाउने र मनको डरले सताए पनि व्यवहारमा फाइदा होला।

मकर - मकर राशीका तपाइको आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। रोकिएका काम पुनः सुरु होलान। आदर्श व्यक्तिसँग भेटघाट पनि होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ कार्यको थालनी होला। एउटै कामबाट दोहोरो लाभ पाइएला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

मिन – तपाइको आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। रोकिएका घरायसी काम सुरु भई प्रगतिको वातावरण बन्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप