Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २५ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | २५ भदौ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल भदौ २५ गते, भदौ कृष्ण द्वादशी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च होला। घरायसी विवाद बढ्ला र वाणीमा लगाम लगाउन आवश्यक रहेको छ।

वृष – तपाइको आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढेर जाला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ला।

मिथुन - तपाईको आज भाग्यले विभिन्न अवसरहरू जुराउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला, तर स्वास्थ्यको विशेष ख्याल गर्नु होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने र सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने देखिन्छ।

सिंह – तपाईको आज घर परिवारमा झैझमेलाको अवस्था आउन सक्ला। आर्थिक पक्ष पनि कमजोर रहला। स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। राज्यबाट सहयोग र मानसम्मान मिल्ने तथा छोटो दुरीको लाभदायक यात्रा पनि हुनसक्छ।

तुला - तपाइको आज शुभकार्यको चर्चा हुनेछ। महिला वर्गबाट विशेष सहयोग पाइएला। आर्थिक क्षेत्र मजबुत हुने र प्रेमीको साथ पनि पाइने समय छ।

वृश्चिक – तपाईले आज सजिलै अरुको विश्वास जित्न सक्नुहोला। विद्या र बुद्धिको विकास होला। आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइएला।

धनु – तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइएला।

मकर - मकर राशीका तपाइको आज मनमा शान्ति छाउला। आँटेको र ताकेको कार्य पुरा होला। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर जुट्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कार्यको चर्चा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा अनुहारमा कान्ति छाउने र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ।

मिन – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। पारिवारिक साथ र समर्थन पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप