शुभ बिहानी, आज २०८० साल भदौ २३ गते, भदौ कृष्ण दशमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज न्यायिक निर्णयहरू
तपाईँकै पक्षमा निर्णय होला। मित्रबाट विशेष सहयोग मिल्ला, शेयर बजारमा भने नोक्सानी हुनसक्छ।
वृष – तपाइको आज मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला। अरुको मन पनि जित्न सकिएला, तर
पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइएला।
मिथुन - तपाई आज प्रविधि मार्फत आफन्त सँग भेटघाट होला। अधुरा काम
पुन: सुरु हुनेछ। उपहार पाइने सम्भावना रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सामान
हराउने, नयाँ ठाउँमा लगानी गर्नु पनि उचित नहुने र कृषि व्यवसायबाट राम्रै आम्दानी
गर्न सकिने योग छ।
सिंह – तपाईको आज
वित्तिय संस्थाबाट सहयोग पाइएला। प्रेम जीवनमा मधुरता छउला। लाभदायक तथा कर्तव्य
पूर्ण यात्रा होला।
कन्या - कन्या राशीका तपाईको आज व्यवसायमा सफलता पाइएला। श्रमको उचित मूल्याङ्कन होला, तर शेयर बजारको लगानीमा नोक्सानी हुनसक्छ।
तुला - तपाइको आज साहित्यिक
क्षेत्रमा रुचि बढ्ने, चिन्ता छाडेर चिन्तन गर्ने र प्रेम प्रसङ्गमा नजिक हुन
सकिने समय छ।
वृश्चिक – तपाईको आज सानातिना समस्यामा अल्झनुपर्ला। सरकारी निकायको
भय हुनेछ। स्वास्थ्य प्रति पनि सजग रहनु होला।
धनु – तपाइको आज दाम्पत्य जीवन सुखमय रहनेछ। स्वादिष्ट भोजन र
परिकारको अवसर मिल्ला। शुभकार्यको चर्चा पनि हुनेछ।
मकर - मकर राशीका तपाइको आज साङ्गीतिक
क्षेत्रमा रुचि बढ्ने र आफन्तले राम्रै सहयोग गर्लान। नयाँ र शुभकार्यको चर्चा पनि
हुनेछ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज कुनै न कुनै कुराले
मनमा प्रसन्नता छउला। नयाँ कार्यको योजना बन्ने र अरूलाई सहयोग पनि गर्न सकिएला।
मिन –
तपाइको आज स्वास्थ्य
जाँचको लागि अस्पताल जानु पर्नेछ, धन खर्च हुनसक्छ तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइएला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता