शुभ बिहानी, आज २०८० साल भदौ १२ गते, साउन शुक्ल त्रयोदशी तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज विशिष्ट
व्यक्तिको साथ पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछन। साहित्यिक क्षेत्रमा
रुचि बढ्ने तथा परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।
वृष – तपाइको आज साथीभाइको सहयोगले हिम्मत दिनेछ। धार्मिक तथा
समाजसेवामा मन जानेछ भने व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग रहेको छ।
मिथुन - तपाईको आज आफन्तजन सँग मनमुटाब बढ्ने तथा सवारी साधनमा यात्रा
गर्दा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नु
पर्ला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज गोपनीय
ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइने, रमाइलो यात्रा हुने, मित्रवर्गबाट
सोचेजस्तो लाभ प्राप्त हुने योग रहेको छ।
सिंह – तपाईको आज
स्वादिष्ट भोजनको अवसर मिल्ने, मनोरञ्जनमा सहभागिता भइने, महिला वा मित्र बाट
विशेष सहयोग मिल्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ।
कन्या - कन्या राशीका तपाईको आज धार्मिक, सामाजिक
महत्वको क्षेत्रको भ्रमण होला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा अध्ययन
अध्यापन सफल हुनेछ।
तुला - तपाइको आज नाराम्रो
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्ने हुन सक्छ। आर्थिक कारोबारमा
विवाद आउला। खानपिनमा सचेत रहन आवश्यक होला।
वृश्चिक – तपाईको आज न्यायिक कार्यमा सफलता मिल्ला। अरुलाई प्रभावित
पारेर काम बन्ने र परिवारमा रमाइलो जमघट हुने तथा अभिभावकले सन्तुष्टि जनाउने छन।
धनु – तपाइको आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ला। कार्यमा सफलता पनि पाइएला।
मकर - मकर राशीका तपाइको आज राजनीति
तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग छ ।
भौतिक सुख पनि मिल्ला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज सानातिना समस्यामा
अल्झनुपर्ला। पाचनप्रणालीमा समस्या देखिएला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती
कार्य गरिएला सचेत हुनुहोला।
मिन –
तपाइको आज रोकिएका
अधुरा कामहरू पुरा होलान। बोलीको प्रभाव बढ्ने तथा प्रणयसम्बन्ध र रतिराग बढाउनुका
साथै घरमा पाहुनाको आगमन हुने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता