Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १४ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १४ मंसिर २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल मंसिर १४ गते, मंसिर कृष्ण तृतिया तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने मौका मिल्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउला। कार्य सम्पादनमा सहजता मिल्नेछ।

वृष – तपाइको आज स्वादिष्ट खानापिनाको योग छ। एउटै कामबाट दोहोरो लाभ होला। बन्धुबान्धवबाट सहयोग पाइएला।

मिथुन - तपाईको आज महिला वा मित्रबाट विशेष सहयोग पाइएला। टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट होला। कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा पैसा खर्च होला, झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउनसक्छ। चोटपटकको भय रहेकाले सचेत रहनुहोला।

सिंह – तपाईको आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता हात पर्नेछ। रोकिए काम दोहोर्याएर गर्दा फाइदा होला।

कन्या - कन्या राशीका तपाईको आज गृह कार्यमा मन जाने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव प्रदान गर्ने छ।

तुला - तपाइको आज माया प्रेममा आत्मियताको बढोत्तरी होला। पारिवारिक भेटघाटमा रमाउने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्नेछन।

वृश्चिक – तपाईले आज खानपिन प्रति सजग र स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्नेछ।

धनु – तपाइको आज कुनै कुराले मनमा प्रसन्नता छाउला। सन्तान तथा परिवारमा मेलमिलाप होला। मनमा सहयोगको भाव आउनेछ।

मकर - मकर राशीका तपाइको आज कसैकसैका लागि सन्तान सुखको योग रहेको छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित होला। पेसा र व्यवसायबाट धन प्राप्त हुनस सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज कृषि र उत्पादन मूलक कार्य पनि अघि बढेर जानेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइएला। दैनिक कार्यमा प्रगति होला।

मिन – तपाइको आज आर्थिक कारोबारमा विवाद आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने तथा एकोहोरो माया प्रेमले सताउन सक्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप