Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ४ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन ४ गते, साउन शुक्ल  तृतिया तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सम्पत्ति हराउने वा नष्ट हुनसक्छ। अरुको भर पर्दा धोका पाइएला। राजनैतिक कार्यमा बाधा आउला। सानातिना समस्यामा अल्झिनुपर्ने होला।

वृष – तपाईको आज इच्छा र आकाङ्क्षा पुरा होलान । पठनपाठनमा प्रगति होला। नजिकको मित्रसँग भेटघाट हुनुका साथै दिनको उत्तरार्धमा केही धन खर्च होला।

मिथुन - तपाईको आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त र शुभकार्यको चर्चा होला। मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउला। मनोरञ्जनमा सहभागिता भइने र पुराना तथा नयाँ कार्यको प्रारम्भ गर्न सकिएला।

सिंह – तपाईको आज जीवनसाथीसित वैचारिक मतभेद देखिएला। सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति रहेको छैन।

कन्या - कन्या राशीका तपाईको आज अरुलाई प्रभावित पारेर काम बन्ला। कार्य सम्पादनमा सहजता होला। पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहला। प्यारो साथी सँग भेट हुनेछ।

तुला - तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। कहीँकतैबाट कुनै उपहार प्राप्त हुनसक्छ। नयाँ कार्यको सुरुवात पनि गर्न होला।

वृश्चिक – तपाईको आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुने, चिताएको कामले तीव्रता लिने, कार्य सम्पादनमा सहजता मिल्ने, आस्थामा वृद्धि हुने समय छ।

धनु – तपाइको आज महत्त्वपूर्ण अवसर गुम्नाले मानसिक चिन्ता बढ्नसक्छ। दाम्पत्य जीवनमा मतभेद आएपनि माया एवं समझदारी भने कायम रहला।

मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य पुरा होलान। कूटनीतिक नियोगको सहयोग पाइएला। प्रेममा मधुरता आउला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। महिला वा नजिकैको मित्रबाट साथ र सहयोग पाइएला। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्ला।

मिन – तपाइले आज नयाँ र शुभ समाचार सुन्न पाउनुहोला। प्यारो साथी सँग भेट र नयाँ कार्यको थालनी होला। राजनीतिक कार्यमा सफलता पाएइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप