Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २८ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल भदौ २८ गते, भदौ कृष्ण औंसी तिथी बिहिबार । आज कुशे औंसी , बुबाको मुख हेर्ने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रोकिएका काम पुनः सुरु हुने, जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुने र जटिल ठानिएको कामसमेत सम्पादन हुने समय छ।

वृष – तपाइको आज आफूलाई कमजोर भएको अनुभूति होला। रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय रहेको छ।

मिथुन – तपाईको आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय बनेर देखा पर्ने छ। पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ला।

सिंह – तपाईको आज लाभदायक यात्राको सम्भावनालाई नकार्न नसकिएला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। मानसम्मान पनि पाइएला।

कन्या - कन्या राशीका तपाईको आज विचार पुर्याएर निर्णय लिनु आवश्यक हुनेछ। मनमा दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्ला।

तुला - तपाइको आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने र कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउला।

वृश्चिक – तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने र शुभकार्यको चर्चा चल्ने तथा परिवारमा सुख सन्तोष पनि छाउने समय छ।

धनु – तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा हुनेछ।

मकर - मकर राशीका तपाइको आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुपर्नेछ। अनावश्यक काममा धन लगानी होला, सकेसम्म जोगिनु नै उचित होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला।

मिन – तपाइको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। परिवारजनको साथले नयाँ आशा पलाउने र नयाँ कार्यको योजना बन्नला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप