Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन १८ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन १८ गते, साउन कृष्ण  द्वितिया तिथी बिहिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। वस्त्र एवं अलंकार प्राप्ति होला।

वृष - तपाईलाई आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला। सफल यात्रा पनि हुनसक्छ।

मिथुन - तपाईको आज श्रमदान गर्ने अवसर पाइएला। कुनै कुराले मनमा शान्ति छाउला। शुभकार्यको चर्चा होला। प्रेममा सफलता पनि प्राप्त हुनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्यमा समस्या आउला। यात्रामा पनि झन्झट आइलाग्नसक्छ। बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउला।

सिंह तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछन। प्रेमीको सहयोग प्राप्त होला। परिवारमा सुख सन्तोष छउला। शुभकार्यको चर्चा पनि होला।

कन्या - कन्या राशीका तपाईको आज रमणीय र सुखद् यात्रा हुने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने, अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने योग छ।

तुला - तपाइको आज घरमा अतिथिको आगमन र बोलीको भरमा कार्य सम्पादन होला। आफन्तको प्रगतिमा मन रमाउनला। शैक्षिक क्षेत्रमा सफलता मिल्न सक्छ।

वृश्चिक  तपाईको आज मनमा दुबिधा उत्पन्न होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर अरूको मुख नहेरी आफै सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनेछन।

धनु  तपाइको आजको दिनमा विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने, सवारी साधनको खरिद बिक्री हुने, मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइने योग छ।

मकर - मकर राशीका तपाइको आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्ने, आयआर्जनका क्षेत्रमा सुधार आउने साथै पुनर्मिलनको योग पनि छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। कला र गलाको प्रभाव बढ्ला। मनमा प्रसन्नता र उत्साह छाउन सक्छ। वैदेशिक कार्य पनि अघि बढ्ने छ।

मिन – तपाइको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नसक्छ। सौन्दर्यतामा धन खर्च होला, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप