शुभ बिहानी, आज २०८० साल कार्तिक १२ गते, कार्तिक कृष्ण प्रतिपदा तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिएला, प्रसन्नतापूर्वक समय व्यतीत होला। लामो समयदेखि रोकिएका
अधुरा कामहरू पुरा होलान।
वृष – तपाइको आज बोलीमा पनि अङ्कुश लगाएकै राम्रो होला, आर्थिक
समस्याले मानसिक तनावको सिर्जना हुनसक्छ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला।
मिथुन - तपाईको आज सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग
गर्नु पर्ला, लगानीमा रहेको रकम फिर्ता आउनेछ भने प्राविधिक विषयमा रूचि बढ्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज अरूलाई
प्रभावित पारेर काम बन्न सक्छ र काम गर्ने हौसला पाइएला। वित्तिय संस्थाबाट सहयोग
पाइनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त होला।
सिंह – तपाईको आज
नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति होला, आम्दानी बढाउने काम सुरु गरिनेछ। पार्टी
पिकनिक तथा सेमिनारमा सहभागि भइनेछ।
कन्या - कन्या राशीका तपाईको आज अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिएला, आफन्त
तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न होला। आलोचना गर्नेहरूबाट सजग रहनु पर्नेछ।
तुला - तपाइले आज नयाँ ज्ञान
सिक्ने मौका पाइएला। पारिवारिक सदस्यबाट
सहयोग मिल्ने र विपरीत वर्ग प्रति आकर्षण र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ।
वृश्चिक – तपाईको आज आज पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहला,
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। अचल सम्पत्ति हात पर्ने योग रहेको
छ।
धनु – तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र आँटेको र
ताकेको कार्य पुरा हुने तथा रमाइलो यात्रा हुनुका साथै समाजसेवामा मन लाग्ने योग
रहेको छ।
मकर - मकर राशीका तपाइको आज विलासिताका
सामग्रीमा खर्च बढ्न सक्छ, स्वास्थ्यको ख्याल गर्नुपर्नेछ, औषधी उपचार खर्च बढि
होला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो हुनसक्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज कार्य सम्पादनमा
सहजता मिल्न सक्छ, नयाँ व्यक्तिसँग भेटघाट होला, प्राविधिक क्षेत्रमा रूचि बढ्ने र
सामाजिक कार्यमा रुचि रहने समय छ।
मिन –
तपाइको आज आज
मन प्रसन्न रहला मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग पाइएला। आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिने र सुखसुविधा भोग गर्न पाइनेछ समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता