Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ७ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल साउन ७ गते, साउन शुक्ल पञ्चमी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान, विशिष्ट व्यक्तिको सहयोग पाइएला। विद्या र बुद्धिको विकास हुनसक्छ। दाम्पत्य जीवन पनि सुखमय नै होला।

वृष - तपाईलाई आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुने, रमणीय र सुखद् यात्राको, जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने योग छ।

मिथुन - तपाईको आज मनमा शङ्का दुबिधा उत्पन्न हुनसक्छ। आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च होला। सामान हराउन पनि सक्ने सम्भावना छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रमणीय र सुखद् यात्राको, आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र ।राज्यबाट मान सम्मान पाइने योग छ।

सिंह – तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता पाइएला। घरमा अतिथिको आगमन पनि होला।

कन्या - कन्या राशीका तपाईको आज चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध होला। स्वास्थ्यमा लाभ र आराम मिल्ला। वित्तिय संस्थाबाट सहयोग पाइने र बहुमूल्य वस्तु हात पर्न सक्छ।

तुला - तपाइको आज झन्झटिलो काममा संलग्न हुनुपर्ने, गरेका काममा पनि ढिलासुस्ती हुने र साँझमा केही लाभमूलक काम हुने समय छ।

वृश्चिक – तपाईको आज शुभ समाचार सुन्न पाउनुहोला। मनमा हर्ष, उमङ्ग र उत्साह छउला। बन्धुबान्धवबाट सहयोग मिल्ला। राजनैतिक कार्यमा सफलता पाइएला।

धनु – तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। कलासाहित्य तथा सङ्गीत र साहित्यिक क्षेत्रमा रुचि बढ्ला। नयाँ व्यक्ति सँग भेटघाट होला।

मकर - मकर राशीका तपाइको आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न होला। रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ। बोलीको भरमा कार्य सम्पादन होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनसक्छ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिनेछ। यात्रा पनि कमजोर हुन सक्छ।

मिन – तपाइको आज रमणीय र सुखद् यात्राको, महिला वा मित्रबाट विशेष सहयोग मिल्ने, चिन्ता छाडेर चिन्तन गर्ने र दिनको उत्तरार्ध सुखद् रहने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप