Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक ५ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल कार्तिक ५ गते, असोज शुक्ल अष्टमी तिथी आइतबार । आज बडा दशैँको आठौँ दिन महाअष्टमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज आत्मिक सन्तुष्टि मिल्ने र मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता हात लाग्नेछ।

वृष  तपाइको आज छोटो यात्रा होला, नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना पनि बन्ने र सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने समय छ।

मिथुन - तपाईको आज शत्रुपक्ष हावी हुनाले क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस होला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तको साथ र सहयोग पनि मिल्ने, रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा मन जाने तथा सहयोगी हातहरू अघि बढ्ने देखिन्छन।

सिंह तपाईको आज शैक्षिक क्षेत्र राम्रै रहनेछ। अकस्मात् सफलता पाइन सकिएला, अपमानको सम्भावना रहको छ, दैनिक कार्यहरूमा प्रगति होला।

कन्या - कन्या राशीका तपाईको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमणले भाग्यमा वृद्धिनाले वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ होला भने मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

तुला - तपाइले आज खर्चको मात्रामा वृद्धि हुनसक्ने छ, मन अशान्ति र गलत आचरणतर्फ जान सक्ला। गरेको काममा ढिलासुस्ती होला।

वृश्चिक  तपाईको आज गरेको कार्यबाट सफलता मिल्ला। लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुदै जानेछन। कुनै कुराले मनमा शान्ति छाउला।

धनु  तपाइको आज अनावश्यक खर्चबाट बच्न सकिएला। नयाँ नयाँ कार्यको अवसर मिल्ने र धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

मकर - मकर राशीका तपाइको आज नयाँ र शुभ समाचार सुन्न पाइएला। भाग्यमा वृद्धि हुनुका साथै सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज मित्रबाट विशेष सहयोग पाइएला, प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम होला काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

मिन – तपाइको आज विद्या र बुद्धिमा ह्रास आउन सक्नेछ, ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप