शुभ बिहानी, आज २०८० साल बैशाख ३ गते बैशाख कृष्ण एकादशी तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज शत्रु पराजित भई आफन्तबाट
विशेष सहयोग प्राप्त होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन भने सफल
यात्राको योग रहेकोछ।
वृष– तपाईको आज ठीक समयमा
सही निर्णय लिन सकिएला। घरजग्गाको कारोबारमा सफलता हुनसक्छ। वैदेशिक कार्य पनि
सहजै अघि बढ्ने देखिन्छ।
मिथुन – तपाईलाई आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ
अनुभव दिनेछ। लगनशीलताले कामहरू अगाडि बढेर जाला। साथीभाइसँग समय बित्नेछ योग छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज यात्रामा मालसामान हराउन सक्नेछ। सहकर्मीबाट विरोध आउनाले गलत निर्णय
लिन सकिनेछ, चोटपटकको भय रहेकले सजग
रहनुपर्नेछ।
सिंह –तपाईको आज रमणीय र
सुखद् यात्राको समय रहेको छ। पार्टीमा सहभागी हुनुहोला। शुभकार्यको चर्चा चल्ने र प्रयत्न
गरे फाइदा लिन सकिएला।
कन्या – कन्या राशीका तपाइको आज शुभकार्यको
चर्चा चल्नेछ। मित्रबाट विशेष सहयोग मिल्न सक्छ। आस मारेको काम बन्ने र दाम्पत्य जीवन सुखमय रहला।
तुला –
आज तपाइको महत्त्वपूर्ण कामको थालनी हुनसक्छ। समाजसेवामा मन जानेछ।
कुनै कुराले मनमा शान्ति आउँला। शिक्षामा सफलता मिल्ने योग छ।
वृश्चिक – तपाईको आज अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न होला। पारिवारिक समस्या आउनसक्छ।
सरकारी निकायको भय रहिरहला।
धनु – तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। नयाँ
ज्ञान सिक्ने मौका पाइएला। सेवाभावमा मन जानेछ। पारिवारिक सुख मिल्ने योग छ।
मकर - मकर राशीका तपाईको आज नसोचेको
ठाउँबाट धन प्राप्त होला। मनोरञ्जनमा सहभागि हुनुहोला। बिनाप्रतिस्पर्धा फाइदा
हुने र आर्थिक कारोबारमा सफलता मिल्ने समय छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज छोटो दुरीको लाभदायक यात्रा हुनसक्छ। एकपछि अर्को अवसर आउने र मन
प्रसन्न हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट पनि होला।
मिन –तपाईको आज राजनैतिक कार्यमा र वैदेशिक
क्षेत्रको काम अघि बढ्ने र विपरीत वर्ग प्रति आकर्षण बढ्ने देखिन्छ तर स्वास्थ्य प्रति सजग रहनु
आवश्यक होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता