Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ३ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल भदौ ३ गते, साउन शुक्ल चतुर्थी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धैर्य एवं लगनशीलताले राम्रो अवसर दिनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता पाइएला। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न होला।

वृष – तपाइको आज अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। रोकिएको धन हात पर्ने तथा न्यायिक कार्यमा सफलता पाइएला। व्यापारमा राम्रै धनलाभ होला।

मिथुन - तपाईको आज स्वादिष्ट भोजनको विशेष अवसर रहेको छ। सवारी साधन खरिद गर्ने, पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउने योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्य सम्बन्धी चिन्ता बढेर जानेछ। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो होला।

सिंह – तपाईको आज महत्त्वपूर्ण कामको थालनी होला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुन सक्छ। सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा लक्ष्मी प्रसन्न हुने योग छ।

कन्या - कन्या राशीका तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। घरमा अतिथिको आगमन हुनुका साथै  साथीभाइले पनि राम्रै सहयोग दिनेछन।

तुला - तपाइको आज सामूहिक तथा रमाइलो सफल यात्रा हुन सक्छ। ठीक समयमा सही निर्णय लिन सके व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्न सक्छ।

वृश्चिक – तपाईको आज अनावश्यक काममा धन लगानी गर्नु पर्ला, जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नु आवश्यक होला साँझमा शुभ समाचार भने सुन्न पाइएला।

धनु – तपाइको आज भाग्यले विभिन्न अवसर दिनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने भने घरमा अतिथिको आगमन पनि हुनेछ। मनखुसी र प्रसन्न पनि रहला।

मकर - मकर राशीका तपाइको आज रोकिएका काम पूरा हुन सक्ला। धार्मिक क्षेत्रको भ्रमण हुनसक्नेछ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। नयाँ काम सुरु गर्ने, चलाखीपूर्ण कार्य सिद्ध हुने, भाग्यले विभिन्न अवसरपनि जुराउने समय छ।

मिन – तपाइको आज स्वास्थ्यमा खर्च बढ्ने, यात्रामा मालसामान हराउन सक्ने, सानातिना समस्यामा अल्झनुपर्ने तथा शरीरमास्फूर्ति र उमङ्गको कमी हुने सम्भावना छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप