Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार ३१ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ३१ असार २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल असार ३१ गते, साउन कृष्ण  चतुर्दशी  तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्ला। विपरीत वर्ग प्रति आकर्षण बढ्ने र बेलुकीपख भने खर्च बढ्न सक्ने योग छ।

वृष - तपाईलाई आजको परिश्रमबाट पछि फाइदा होला। ठीक समयमा सही निर्णय लिन सकिएला। कृषिको कारोबारबाट सफलता मिल्न सक्छ।

मिथुन - तपाईको आज महत्त्वपूर्ण कामको योजना र पुन: थालनी होला। मनमा शान्ति र अनुहारमा कान्ति छउला। शिक्षामा सफलता मिल्ने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज स्वास्थ्यमा समस्या आउने, दबाब र तनाव बढेको महसुस हुने तथा प्राविधिक कार्यमा भने सफलता मिल्ने सम्भावना छ।

सिंह – तपाईको आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्ने, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

कन्या - कन्या राशीका तपाईको आज गरेका काम अधुरै हुनेछ। मालसामान हराउन सक्ला। चोटपटकको भय रहेकाले, सचेत रहनुहोला, तर सहकर्मीहरुबाट सहयोग भने मिल्नेछ।

तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वित्तिय संस्थाबाट सहयोग पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने देखिन्छन।

वृश्चिक – तपाईको आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्ने। स्वास्थ्यमा समस्या आउने र औषधि उपचारमा खर्च पनि बढ्नेछ।

धनु – तपाइको आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्ला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ।

मकर - मकर राशीका तपाइको आज कीर्ति वृद्धिको, धर्म तथा समाजसेवामा मन लाग्ने र नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुने योग देखिन्छन्।

कुम्भ - कुम्भ राशीका तपाइको आज नसोचेको ठाउँबाट धन हात पर्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने र आर्थिक कारोबारमा सफलता पनि पाइने योग छ।

मिन – तपाइको आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सजिलै सम्पादन हुनेछ। आयआर्जनका क्षेत्रमा विस्तारै सुधार होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप