Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन २१ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल साउन २१ गते, साउन कृष्ण  पञ्चमी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्ला। झुटा आरोप आइपर्दा समस्या आउनसक्छ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्ला।

वृष – तपाईको आज नयाँ कार्य वा रोजगारको अवसर पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्ला। नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिएला।

मिथुन - तपाईको आजबाट नयाँ कार्यको थालनी होला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। दानपुण्यका कार्यमा पनि सहभागी भइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तको प्रगतिमा मन रमाउला। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त होला। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला।

सिंह – तपाईको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय रहेको छ। मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहला र लाभदायक यात्रा हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज बन्धु बान्धवबाट सहयोग पाइनेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। स्वास्थ्यमा सुधार आउने तथा शुभ कार्यमा सरिक भइने समय छ।

तुला - तपाइको आज जोश जाँगर र हिम्मत बढेर जानेछ। आफ्नो चलाखीपनले कार्य सिद्ध र धार्मिक यात्रा तय होला। वाहन लाभ हुने समय पनि रहेको छ।

वृश्चिक – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला। व्यापार व्यवसायमा सफलता पाइएला। धर्म तथा समाजसेवामा मन जानेछ। नयाँ कामको थालनी होला।

धनु – तपाइले सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ला। घरायसी व्यवहारबाट सजग रहनुहोला। सवारी चलाउँदा सचेत हुनुहोला र साँझमा भने मन खुसी रहने छ।

मकर - मकर राशीका तपाइको आज धर्मकर्ममा मन जाने, नयाँ काम सुरु गर्ने, चलाखीपूर्ण बोलीले कार्य सफल हुने तथा भाग्यले विभिन्न अवसर पनि जुराउने समय रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज महिला वर्गबाट विशेष सहयोग पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ।

मिन – तपाइको आज कुनै कुराले मनमा शान्ति छउनसक्छ। आफन्तसँग रमाइलो भेटघाट होला। मनोरञ्जनमा सहभागिता भइने र शुभ कार्यमा सरिक भइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप