Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १० गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | १० भदौ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल भदौ १० गते, साउन शुक्ल एकादशी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सफल यात्रा हुनेछ, कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्न सक्छ, तर साँझमा पैसा खर्च हुनुका साथै चोटपटकको भय पनि छ सचेत रहनुहोला।

वृष – तपाइको आज माया प्रेममा धोका होला। एकोहोरो माया प्रेमले सताउला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु आवश्यक हुनेछ।

मिथुन - तपाई आज सन्तान तथा परिवारमा मेलमिलाप होला। आर्थिक कारोबारमा मन्दी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ। सौन्दर्यतामा धन खर्च होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला। घर परिवारका सदस्यहरूबाट सहयोग पाइने र रमणीय सुखद् यात्राको योग छ।

सिंह – तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग पनि रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल राख्ननुहोला।

तुला - तपाइको आज एउटै कामबाट दोहोरो लाभ हुनेछ, बन्धुबान्धवबाट सहयोग पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको योग पनि रहेको छ।

वृश्चिक – तपाईको आज विद्या र बुद्धिको विकास हुने, पारिवारिक भेटघाटमा रमाउने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा माया प्रेममा आत्मियताको बढोत्तरी हुने समय छ।

धनु – तपाइको आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउला। कार्य सम्पादनमा सहजता हुनेछ। व्यापार व्यवसायमा पनि सफलता होला।

मकर - मकर राशीका तपाइको आज सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा लाग्नुहोला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। महिला वा मित्रबाट विशेष सहयोग प्राप्त होला। परिवारका सदस्यहरूसँग भेटघाट होला।

मिन – तपाइको आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप