शुभ बिहानी, आज फागुन २७ गते चैत कृष्ण चतुर्थी तिथी शनिबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुले आज बुद्धिको उपयोगले
लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन जानेछ। विदेशमा रहेका
आफन्त सँग कुराकानी होला।
वृष – तपाईले आज आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न गर्नुहुनेछ। धार्मिक तथा समाजसेवामा मन जानेछ।
नजिकको व्यक्तिबाट सोचेको सहयोग पाइनेछ।
मिथुन – आज तपाईंलाई आफन्तबाट सहयोग हुनेछ। पढाइ लेखाइमा प्रगति
हुनेछ भने नयाँ कार्यको योजना पनि बन्नेछ र शुभ कार्यको चर्चा पनि चल्नेछ।
कर्कट - कर्कट राशी हुनेहरुको आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। प्रेममा मनमुटाव
हुनुका साथै मन कमजोर रहला। शिक्षामा पनि अवरोध आउने देखिन्छ।
सिंह –तपाईको आज लामो समयदेखि
रोकिएको कामको गाँठो फुक्नेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त
हुनेछ।
कन्या – आज कन्या राशीका तपाईहरुले आफन्त र मित्रवर्गको सहयोग पाउनुहुनेछ।
प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ भने अनावश्यक हिँडडुल नगरेकै जाती
हुनेछ।
तुला –
तपाइको आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्नेछन। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। शैक्षिक क्षेत्रमा पनि
सामान्य सफलता मिल्नेछ।
वृश्चिक -
तपाईलाई आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने दिन छ। दुष्ट
व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला यसको लागी सचेत रहनुहोला।
धनु – तपाइले आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिने साथिहरू
भेटिनेछन्। अरुलाई प्रभावित पारेर काम बन्ने योग छ भने लाभदायी छलफल हुनेछ।
मकर - आज मकर राशीका तपाईहरु प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि सर्वश्रेष्ठ समय
छ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढेर जाला। शैक्षिक क्षेत्र पनि राम्रै सुधार
हुनेछ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ। पराक्रम बढ्नुका साथै धन
लाभका योग पनि रहेको छ। प्रेम जीवन पनि सफल हुनेछ।
मिन - आज तपाईको स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु
होला। काम बिगार्नहरु सक्रिय रहन सक्छन् सचेत रहनुहोला र नियमित खर्चसमेत बढ्ने
योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता