Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर २ गते, कार्तिक शुक्ल पञ्चमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज राजनैतिक कार्यमा सफलता मिल्ने  र पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाइएला।

वृष – तपाइको आज अरुले आलोचना गर्ने छन, स्वास्थ्य भरपर्दो नरहला। मान तथा सम्मानमा दाग लाग्न सक्ने हुनाले काम गर्दा ध्यान लिनुहोला।

मिथुन - तपाईको आज विश्वास गरेकाले साथ र सहयोग दिनेछन र शुभकार्यको चर्चा हुनेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुने र प्रेमीको सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेम जीवन सुखमय होला, एउटै कामबाट दोहोरो लाभ मिल्ला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने र सांगीतिक क्षेत्रमा रुचि बढेर जानेछ।

सिंह – तपाईको आज बन्धुबान्धवबाट सहयोग पाइएला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र अधुरो काम पूरा हुने तथा पुनर्मिलनको योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज साथीको साथ पाइएला, सरकारी निकायको भय रहला। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्नेछ।

तुला - तपाइको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान, जोशजाँगर र हिम्मत बढेर जानेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सन्तान सुख मिल्न सक्छ।

वृश्चिक – तपाईको आज शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै रमाइलो यात्रा पनि होला, समाजसेवामा मन जाने र आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्न सक्छ।

धनु – तपाइको आज सामाजिक र धार्मिक यात्रा हुने, बिनाप्रतिस्पर्धा फाइदा, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइने योग पनि छ।

मकर - मकर राशीका तपाइको आज वैदेशिक क्षेत्र कमजोर रहनेछ, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र स्वास्थ्यमा समस्या आउने तथा प्रेममा बाधाका साथै मन कमजोर रहनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझमा धन खर्च होला, कार्यमा सफलता पाइने र कुनै कुराले मनमा शान्ति छाउनेछ। कूटनीतिक नियोगको सहयोग मिल्न सक्छ।

मिन – तपाइको आज शेयर बजारबाट पनि राम्रै सफलता पाइएला, शुभकार्यको चर्चा हुनेछ। परोपकारमा रुचि बढ्ने तथा बन्धु बान्धवबाट सहयोग पनि पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप