Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ११ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | ११ कार्तिक २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ११ गते, असोज शुक्ल पुर्णिमा तिथी शनिबार । आज कोजाग्रत पुर्णिमा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज साँझमा धन लाभ हुनेछ, प्रेममा बाधाका साथै मन कमजोर रहला। आर्थिक सङ्कट आउने तथा मनमा छटपटी व्याप्त हुनेछ।

वृष – तपाइको आज विपरीत वर्ग प्रति आकर्षण पनि बढेर जाला, रमणीय र सुखद् यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। मनोरञ्जनमा सहभागी भइनेछ।

मिथुन - तपाईको आज दिनको उत्तरार्धमा अधिक धन खर्च होला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ, साझेदारी र सट्टापट्टामा विशेष लाभ हुनेछ। नयाँ जिम्मेवारी पाइनेछ भने शुभकार्यको चर्चा हुनेछ।

सिंह – तपाईको आज आत्मबल बढाएर काम गरेमा सफल भइएला, सामान हराउने वा चोरी हुने सम्भावना रहेको र शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज कृषि बजारले साथ दिने, बोलीको चातुर्यले काम बन्ने र राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्ने योग छ।

तुला - तपाइले आज वैदेशिक कार्य  र काम गर्ने जोशजाँगर र उमङ्ग अघि बढ्नेछ। चिताएको कामले तीव्रता लिने तथा नयाँ कामको थालनी होला।

वृश्चिक – तपाईको आज सन्तान सुख मिल्न सक्छ, शुभ चिन्तकहरूले पूर्ण समर्थन दिनेछन, घरमा अतिथिको आगमन होला। पुरानो समस्या सुल्झाउन सकिएला।

धनु – तपाइको आज महत्त्वपूर्ण अवसर गुम्नाले अनावश्यक ठाउँमा धन खर्च हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला।

मकर - मकर राशीका तपाइको आज धार्मिक यात्राको योग रहेको छ, दैनिक कार्यमा प्रगति होला। नयाँ कार्यको योजना बन्ने तथा नजिकको व्यक्तिबाट आँटेको काम सफल होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेममा मधुरता छाउला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। शुभकार्यको चर्चा चल्नुका साथै आँटेको र ताकेको कार्य पुरा होला।

मिन – तपाइको आज स्वादिष्ट भोजन पाइने र बुद्धि, विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय रहेको छ। वित्तिय संस्थाबाट सहयोग पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप