शुभ बिहानी, आज २०८० साल असार २ गते, असार कृष्ण चतुर्दशी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज कला, साहित्यमा
रुचि बढ्नुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा ठीक समयमा सही निर्णय लिन सकिने र
भक्ति, सेवा भाव बढेर आउने छ।
वृष - तपाईको
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला,
भूमिबाट लाभ हुने र नयाँ व्यक्तिसँग भेटघाट हुने तथा लाभदायक यात्राको योग छ।
मिथुन - तपाईको
आज सहकर्मीबाट विरोध आउने, यात्रामा मालसामान हराउने
र धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्ने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। रोकिएको धन हात
पर्ने र धर्मकर्म तथा समाजसेवामा मन जानेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला।
सिंह – तपाईको आज
धार्मिक यात्रा हुने, लामो समयपछि आफन्तसँग भेटघाट हुने र शुभ कार्यमा सरिक भइने तथा
शुभ समाचारले मन पनि प्रसन्न हुने समय छ।
कन्या - कन्या राशीका आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव दिनेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्ने योग छ।
तुला - आज तपाइले मनमा
दुबिधा उत्पन्न होला। सरकारी निकायको भय रहने र आर्थिक लाभ, सहयोग मिल्ने तथा महिला
वर्गबाट विशेष सहयोग मिल्न सक्छ।
वृश्चिक – तपाईको आज कुनै कुराले मनमा शान्ति छाउने र मन्दिरको दर्शन
हुने तथा वित्तिय संस्थाबाट सहयोग पाइने, तर स्वास्थ्यमा
सजगता अपनाउनु पर्ने समय छ।
धनु – तपाइको आज शुभ कार्यको काम अघि बढ्ने र विपरीत वर्षप्रति
आकर्षण बढ्ला। सामाजिक कार्यमा र सांगीतिक क्षेत्रमा रुचि मिल्ला।
मकर - मकर राशीका आज शुभकार्यको चर्चा हुनेछ।
रमणीय र सुखद् यात्राको, पार्टी तथा सेमिनारमा सहभागी भइने र प्रयत्न गरे फाइदा
लिन सकिने योग छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज विद्यार्थीको
पढाईमा मन नजान सक्नेछ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुहोला, तर शिक्षामा सफलता भने मिल्ला।
मिन –
तपाइको आज बिनाप्रतिस्पर्धा
फाइदा हुने, नसोचेको ठाउँबाट धनागम हुने, मनोरञ्जनमा सहभागिता भइने, आर्थिक
कारोबारमा सफलता पाइने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता